दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपाली स्टलको उद्घाटन « Khabarhub

दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपाली स्टलको उद्घाटन



दोहा – नेपालसहित ५५ भन्दा बढी देशको सहभागितामा दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी (एग्रीटक्यू) २०२३ दोहामा सुरु भएको छ।

कतार नगरपालिकाका मन्त्री डाक्टर अब्दुल्लाह बिनअब्दुलअजिज बिन तुर्की अल सुबैले समुद्घाटन गरेको प्रदर्शनीमा नेपाली कृषि प्रदर्शनी स्टलको कतारका लागि नेपाली राजदूत डाक्टर नरेश बिक्रम ढकालले उद्घाटन गरेका थिए  ।

प्रदर्शनी कार्यक्रममा राजदूत ढकालले व्यवसायीहरूको व्यक्तिगत रूपमा देखिने भएता पनि समग्रमा नेपालको आर्थिक समृद्धिको प्रतिनिधित्व गरेको बताए। प्रदर्शनीमा सहभागी हुन आएका नेपालीहरूलाई दूतावासले गर्नु पर्ने कुनै पनि सहयोग भए खुलेर भन्न आग्रह गरे ।

उनले कतारमा आएर पनि आफ्नो उत्पादनलाई प्रदर्शनीमा राख्नु नै भोलिको व्यापार मौलाउनु रहेको बताउँदै नेपाली आर्गनिक बस्तुहरु कतारको बजारमा सुपथ मूल्यमा ल्याउन सकिए नेपाली उत्पादित बस्तुहरूको बजारको अभाव नहुने बताए।

प्रदर्शनीबाट पारस्परिक तथा व्यापारिक सम्बन्ध विस्तार गरी नेपालका मौलिक तथा विशिष्टीकृत ब्राण्डका वस्तुहरू कतार निर्यात गर्न सहयोग पुग्ने बताउँदै नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले आउने दिनहरूमा नेपाली उत्पादनलाई कतारको बजारमा सहज रूपमा पाउने वातावरण बनाउन छलफल गरिरहेको बताए।

कतारको नगरपालिका तथा वातावरण मन्त्रालयले आयोजना गरेको १० औ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालमा उत्पादित नेपालि चिया,जडीबुटी हर्बल, अलैँची,अदुवा, डेरीका उत्पादित वस्तुहरू राखिएका छन्।

नेपाल सरकार, नेपाली दूतावास दोहा, निर्यात व्यवसायी महासंघ नेपाल, आयोजक तथा नेपाल व्यवसायी संघ कतार प्रवर्द्धक रहेको नेपाली कृषि प्रदर्शनीमा संघका अध्यक्ष चम्लागाईको सभापतित्व रहेको थियो भने राजदूत ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

१९ मार्चसम्म चल्ने प्रर्दशनीमा कतार बाहिरका ५२३ सहित ६७५ भन्दा बढी कम्पनीहरूको सहभागिता रहेको छ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ८ : ४८ बजे

आज दिनभर एमाले अध्यक्ष ओली दमकमा व्यस्त

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर

मुग्लिन–मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम

नयाँ वर्षमा तुलसी घिमिरेको ‘पहाड’ प्रदर्शनको घोषणा

काठमाडौं– वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी

चितवनका वडा-वडामा रवि लामिछानेको ‘घण्टी अभिवादन’

​चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्र

मुस्ताङ– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ