उपराष्ट्रपति पदका लागि मतदान सुरु « Khabarhub

उपराष्ट्रपति पदका लागि मतदान सुरु


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो ।

सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरे । सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा नेकपा (एमाले) बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार छन् ।

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ । मतदानका लागि मतदाता बिहान नौ बजेदेखि नै मतदान केन्द्र अगाडि पङ्क्तिबद्ध भएका थिए भने उम्मेदवारहरू पनि मतदान केन्द्रमा आइसकेका छन् । मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान सकिनासाथ मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १० : ११ बजे

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी