उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिने भनिएको रास्वपाको बैठक स्थगित | Khabarhub Khabarhub

उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिने भनिएको रास्वपाको बैठक स्थगित


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ ।

उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन आज बस्ने भनिएको बैठक निर्वाचन आचारसंहिताका कारण स्थगित भएको हो।

राष्ट्रपति निर्वाचनको बेला पनि मतदानकै दिन निर्णय गरेको रास्वपाले उपराष्ट्रपतिका लागि मतदान जारी रहेका बेला बैठक बोलाएको थियो ।

राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वापा उपराष्ट्रपतिमा खुलेको छैन।

उपराष्ट्रपति चयनका लागि अहिले मतदान भइरहेको छ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १० : १९ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार