लमजुङ दरबारको पुनर्निर्माण गरिँदै « Khabarhub

लमजुङ दरबारको पुनर्निर्माण गरिँदै


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

लमजुङ – शाहवंशीय राजाहरूको उद्‍‌गमस्थलको रूपमा परिचित लमजुङ दरबारको पुनर्निर्माण धमाधम भइरहेको छ । पुरातात्त्विक विभागले जीर्ण अवस्थामा रहेको लमजुङ दरबारको पुनर्निर्माण कार्य २ वर्षमा सक्ने लक्ष्यका साथ निर्माण कार्य सुरु गरेको हो ।

०७९ माघ २० गते कालीका मन्दिरमा क्षमा पूजा गरी दरबार भत्काइएको कालीका मन्दिरका पुजारी सोमराज बरालले बताए । उनका अनुसार मन्दिरमा रहेका महेश्वर, विष्णु, ब्रह्म, महाकाली, महासरस्वती र महालक्ष्मी लगायतका देवी देवताको मूर्ति नयाँ भवनमा क्षमा पूजा गरी सारिएको छ ।

दरबारको पुनर्निर्माण कार्य गरिदा पुरानै स्वरूपमा इँटा, ढुंगा, काठ, तामाको प्रयोग हुने बताइएको छ । दरबारको छाना तामाको हुनेछ । २०७२ सालको भूकम्पले चर्केको लमजुङ दरबारमा २ पटक चट्याङले थप जीर्ण अवस्था पुगेको थियो । पानी चुहिने अवस्थामा जीर्ण रहेको दरबारको पुनर्निमार्णका लागी पुरातात्त्विक विभागका डा. जगमान गुरुङको टोलीले गत वर्ष अवलोकन समेत गरेका थिए ।

२ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ पुरानै स्वरूपमा निर्माण गरिने दरबारको लागी यस वर्ष एक करोड १४ लाख रुपैयाँको लागतमा एस के कन्स्ट्रक्सन भक्तपुरले दरबारको निर्माण कार्य सुरु गरेको हो।  १५५० सालमा यशोब्रह शाहको पालामा निर्माण गरिएको लमजुङ दरबार १८२० मा पुनर्निर्माण गरिएको  थियो ।

त्यसपश्चात् १९९० को भूकम्प पश्चात् १०९२ मा जीर्णोद्धार गरिएको थियो ।’ लमजुङ दरबार २०४६ सालमा पुनर्निर्माण गरिएको हो । शाहवंशको सुरुवात लमजुङका यशोव्रह्म शाहको पालाबाट भएको मानिन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ११ : ३९ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा