भूकम्पबाट क्षति भएका १७ घर पुनर्निर्माण गरिँदै | Khabarhub Khabarhub

भूकम्पबाट क्षति भएका १७ घर पुनर्निर्माण गरिँदै


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्लामा क्रियाशील गैरसरकारी संस्था ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिसी) नेपाल र सी.आर.एस.नेपालको साझेदारीमा सञ्चालित लमजुङ पुनर्लाभ परियोजना अन्तर्गत जिल्लामा १७ घर निर्माणाधीन अवस्थामा रहेको छ ।

परियोजनाअन्तर्गत जिल्लाको चार स्थानीय तहमा भूकम्पबाट क्षति पुगेको १७ वटा घर पुनर्निर्माण थालेको हो । जिल्लाको बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित परियोजनाअन्तर्गत हालसम्म चारवटा घर निर्माण सम्पन्न भएको लमजुङ पुनर्लाभ परियोजनाका कार्यक्रम संयोजक हेमराज बिमलीले बताए ।

२०७८ जेठमा गएको भूकम्पबाट क्षति पुगेका घर मध्ये बेसीशहर र मर्स्याङ्दीमा दुई–दुई वटा घरको निर्माण कार्य सम्पन्न भएको हो । परियोजनाअन्तर्गत निर्माण सम्पन्न बेसीशहर ३ गाउँशहर थुम्का डाँडा स्थित फुलमाया सार्कीको घर र बेसीशहर ३ कै चन्द्रकला परियारको घर अनुगमन गरिएको छ । १३ लाख ५४ हजार ३६६ रुपैयाँ ८७ पैसा लागतमा दुई घर निर्माण गरिएको आरसिडिसिका सेल्टर इन्जिनियर रवि थापाले बताए ।

परियोजना अन्तर्गत मर्स्याङदी गाउँपालिकामा नौवटा र बेसीशहरमा पाँचवटा गरी १२ वटा घर निर्माण भइरहेको छ । परियोजना संयोजक विमलीका अनुसार अगामी तिन महिना भित्रमा १७ वटा घरको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । संस्थाले भूकम्प पीडितका घर निर्माणका लागि ६ करोड ४३ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये दुई करोड ४८ लाख ३१ हजार पाँच सय १९ रुपैयाँ खर्च भएको संस्थाले जनाएको छ ।

भूकम्प प्रतिरोधी आवास निर्माण तर्फ ३ करोड १४ लाख ८ हजार ८९५ रुपैयाँ खर्च भएको छ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १२ : २४ बजे

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै, मानव पाइला पुगेको ७१ वर्ष पूरा

काठमाडौं– आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सरकारले सर्वोच्च शिखर

मन्डेलासँगै गुमेको दक्षिण अफ्रिकी नागरिकको भरोसा

संसारका हरेक राजनीतिक परिवर्तन पक्कै केही आशा र अपेक्षाका साथ

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

चितवन– नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन्

शिक्षा र विधायन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै