भूकम्पबाट क्षति भएका १७ घर पुनर्निर्माण गरिँदै « Khabarhub

भूकम्पबाट क्षति भएका १७ घर पुनर्निर्माण गरिँदै


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्लामा क्रियाशील गैरसरकारी संस्था ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिसी) नेपाल र सी.आर.एस.नेपालको साझेदारीमा सञ्चालित लमजुङ पुनर्लाभ परियोजना अन्तर्गत जिल्लामा १७ घर निर्माणाधीन अवस्थामा रहेको छ ।

परियोजनाअन्तर्गत जिल्लाको चार स्थानीय तहमा भूकम्पबाट क्षति पुगेको १७ वटा घर पुनर्निर्माण थालेको हो । जिल्लाको बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित परियोजनाअन्तर्गत हालसम्म चारवटा घर निर्माण सम्पन्न भएको लमजुङ पुनर्लाभ परियोजनाका कार्यक्रम संयोजक हेमराज बिमलीले बताए ।

२०७८ जेठमा गएको भूकम्पबाट क्षति पुगेका घर मध्ये बेसीशहर र मर्स्याङ्दीमा दुई–दुई वटा घरको निर्माण कार्य सम्पन्न भएको हो । परियोजनाअन्तर्गत निर्माण सम्पन्न बेसीशहर ३ गाउँशहर थुम्का डाँडा स्थित फुलमाया सार्कीको घर र बेसीशहर ३ कै चन्द्रकला परियारको घर अनुगमन गरिएको छ । १३ लाख ५४ हजार ३६६ रुपैयाँ ८७ पैसा लागतमा दुई घर निर्माण गरिएको आरसिडिसिका सेल्टर इन्जिनियर रवि थापाले बताए ।

परियोजना अन्तर्गत मर्स्याङदी गाउँपालिकामा नौवटा र बेसीशहरमा पाँचवटा गरी १२ वटा घर निर्माण भइरहेको छ । परियोजना संयोजक विमलीका अनुसार अगामी तिन महिना भित्रमा १७ वटा घरको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । संस्थाले भूकम्प पीडितका घर निर्माणका लागि ६ करोड ४३ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये दुई करोड ४८ लाख ३१ हजार पाँच सय १९ रुपैयाँ खर्च भएको संस्थाले जनाएको छ ।

भूकम्प प्रतिरोधी आवास निर्माण तर्फ ३ करोड १४ लाख ८ हजार ८९५ रुपैयाँ खर्च भएको छ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १२ : २४ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष