‘उपराष्ट्रपति जिते राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्नेछु’ « Khabarhub

‘उपराष्ट्रपति जिते राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्नेछु’


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै नेपाललाई समृद्ध मुलुकका रुपमा विकास गर्ने बताएका छन् ।

आफू उपराष्ट्रपतिमा निर्वाचित हुने विश्वास व्यक्त गर्दै उनले भने, “संविधानको पालना, रक्षा र राष्ट्रिय एकतालाई प्रवर्द्धन मेरो प्राथमिकता हुनेछ ।” नेपाललाई क्षमतामूलक समृद्ध मुलुकका रुपमा विकास गर्न आफूले भूमिका निर्वाहमा उनले जोड दिए ।

यादवले उपराष्ट्रपतिमा आफू निर्वाचित भए राष्ट्रपतिको सहयोगीका रुपमा भूमिका निर्वाह गर्ने स्पष्ट पारे । उनले संविधानमा भएको व्यवस्थाअनुसार इमान्दारिताका साथ जनताको हितमा काम गर्ने भनाइ व्यक्त गरे ।

उपराष्ट्रपति निर्वाचनका लागि बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ । उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टीका उम्मेदवार यादवलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चालगायतले समर्थन गरेका छन् भने जनमत पार्टीकी ममता झालाई लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन् । नेकपा (एमाले) तर्फका उम्मेदवार अष्टलक्ष्मी शाक्य छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १२ : ५९ बजे

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी