विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट सातजना लागूऔषधसहित पक्राउ परेका छन् । काठमाडौंको काठमाडौं महानगरपालिका-१३ स्थित कालिमाटी तरकारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २४ ग्राम, डिजिटल तराजु थान-१, नगद २ लाख ३९ हजार ५ सय रुपैयाँ, प्याकिङ गर्न प्रयोग गरिने प्लाष्टिकहरु, मोबाइल ३ थान र बागमती प्रदेश ०२-०२४ प २९३३ नम्बरको मोटरसाइकल १ थानसहित काभ्रे रोशी गाउँपालिका-१ घर भई हाल काठमाडौं टंकेश्वर बस्ने ३० वर्षीय बालकृष्ण ठकुरीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

ललितपुरको ललितपुर महानगरपालिका-४ नमोबुद्धमार्ग बागडोल बस्ने ४१ वर्षीय राजेन्द्र थापाको घरबाट नियन्त्रित अवैध लागूऔषध  नुर्फिन १ सय ४ एम्पुल, डाईजेपाम १ सय ३० एम्पुल, फेनारगन ७४ एम्पुल, नगद ४ हजार २ सय ९५ रुपैयाँ र मोबाइल १ थानसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राजेन्द्र थापा र सोही ठाउँ बस्ने शिव बहादुर थापा रहेका छन् । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले राजेन्द्र थापाको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर लागुऔषध मुद्दामा ललितपुर जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

सुनसरीको ईटहरी उपमहानगरपालिका-४ कचना टोलबाट १ किलोग्राम अवैध लागूऔषध गाँजासहित सोही उपमहानगरपालिका-५ बस्ने २८ वर्षीय भीम तामाङ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १ : ४८ बजे

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

काठमाडौँ- नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी सञ्जय अग्रवाल निर्वाचित

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सर्लाही- सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

जसपाबाट सन्तुलन मिलाइ मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष यादवलाई

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्रीको नाम छनोट

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने थप एक जना पक्राउ

काठमाडौँ- भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने थप

मेयर शाह र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ– चिनियाँ राजदूत छन सोङ् र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र