चुरेबस्तीमा खानेपानी अभाव हुँदा स्थानीयलाई समस्या « Khabarhub

चुरेबस्तीमा खानेपानी अभाव हुँदा स्थानीयलाई समस्या


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरको बेदको नगरपालिका–२ स्थित चुरे नजिकै रहेको बस्तीमा खानेपानी अभाव हुँदा स्थानीय समस्यामा परेका छन् । यहाँका स्थानीय धनबहादुर चौधरीले वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेको बताए । ‘यहाँका खानेपानीको ट्यांकी बन्न लागेको चार-पाँच वर्ष भयो अहिलेसम्म बन्न सकेको छैन’, उनले भने , ‘खानेपानी नहुँदा गाईबस्तु पाल्नसमेत मुस्किल परेको छ ।’ उनले यहाँको मुक्तकमैया शिविरमा झन् समस्या परेको बताए । 

खोलाबाट आएको दुई-तीनवटा धारा भए पनि त्यहाँ पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने उनले बताए । ‘जेठ-असारसम्म यहाँ खानेपानीको हाहाकार नै हुन्छ’, उनले भने , ‘पानी अभावकै कारण यहाँको खेत पनि बाँझो छ ।’ पानी भर्नका लागि यहाँका साँझबिहान घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीय यशमती चौधरीले बताए । ‘पानीको अभावले खेतबारी सबै बाँझो छ गाईबस्तु पाल्न सकेका छैनौँ’, उनले भने , ‘खेत बाँझो छोडेर खाद्यान्न किन्न मजदुरी गर्नुपर्ने बाध्यता ।’ उनले यहाँ मुक्तकमैया पुनर्स्थापना भएदेखि नै खानेपानीको समस्या झेलिरहेको बताए । 

पानीकै अभाव हुँदा आफ्नो खेतमा तरकारीसमेत फलाउन नसकेको स्थानीयवासी अनिता थारूले बताए ‘हामीले तरकारीसमेत किनेर खानुपर्ने बाध्यता खानेपानी भइदिएको भए हामी आफ्नो खेतमा थोरै भए पनि उब्जनी गर्ने थियौँ ।’ उनले भने, ‘नजिकै खानेपानीको ट्यांकी बनेको पनि वर्षौं भयो अहिलेसम्म पानी खान पाएका छैनौँ ।’ बेदकोट नगरपालिका–२ का वडाअध्यक्ष नरेशबहादुर सिंहले यहाँ खानेपानी योजना अन्तिम चरणमा रहेकाले नायँ वर्षदेखि धारामा पानी छोड्ने तयारीका साथ काम भइरहेको बताए । ‘यहाँ बहुवर्षीया खानेपानी आयोजना भएकाले जति बजेट आयो त्यति मात्रै काम हुन्छ’, अध्यक्ष सिंहले भने , ‘बजेटअनुसार उपभोक्ता समितिले काम गर्ने भएकाले केही समय लागेको हो ।’ उनले संघीय सरकारको बहुवर्षे खानेपानी आयोजनाअन्तर्गत यहाँ १० करोड लागतमा खानेपानी योजना सम्पन्न हुन लागेको बताए । ‘अहिले पाइप बिछ्याउने काम अन्तिम चरणमा छ, नयाँ वर्षदेखि उपभोक्ताले खानेपानी पाउँछन्’, उनले भने , ‘यो योजना बनेपछि यहाँ रहेको खानेपानीको समस्या समाधान हुन्छ ।’

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ३ : १५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका