बाग्लुङमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर सम्पन्न  « Khabarhub

बाग्लुङमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर सम्पन्न 


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ– नेपाल नेत्र ज्योति संघ बाग्लुङ, आँखा सेवा केन्द्र बुर्तिबाङ, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र ढोरपाटन नगरपालिकाको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म प्राथमिक स्वास्थ्य केन्द्र ढोरपाटनमा सञ्चालन गरिएको शिविरमा ६८ जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने ६ सय ६८ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण  कोही पनि अन्धोपनमा जीवन बिताउन  नपरोस् भन्ने हेतुले पछिल्लो समय हुने सँग लिने र नहुनेलाई सेवा दिने उद्देश्यले स्थानीय सरकार सँगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ । जस अन्तर्गत नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बागलुङको ढोरपाटन नगरपालिकामा शिविर सञ्चालन गरिएको  थियो  ।

मोतिबिन्दु रोग नेपालमा रहेको दृष्टिविहीनताकाे सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ ।

मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधीले ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ । 

आजभोलि प्रविधिमा आएको विकासले मोतिबिन्दुको शल्यक्रिया गरेको केही घण्टा मै बिरामी आफ्नो सामान्य दैनिकीमा फर्कन सक्छन् । नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरूले विभिन्न संघ संस्थाहरूसंगकाे सहकार्यमा देशैभरी वार्षिक करिब ३ हजार निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल नेत्रज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरू मार्फत हरेक जिल्लाका नागरिकहरूलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ३ : ३५ बजे

जनअभिमत नै अन्तिम र सर्वोच्च हुन्छ : राजन भट्टराई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव डा राजन

उज्वललाई सम्झिँदै रञ्जुले भनिन्ः यो विजय तपाईमा समर्पित छ

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी

दार्चुलामा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु

दार्चुला – दार्चुलामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ

दाङ- २ रास्वपाका आचार्यलाई पछ्याउँदै एमालेका पोख्रेल

दाङ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं २ मा

सर्लाही–४ मा अमरेशले गगनलाई १९ सय ६६ मतले पछि पारे

सर्लाही- प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका