सकारात्मक सोच राखेर काम गर्न मन्त्री मोदीको निर्देशन | Khabarhub Khabarhub

सकारात्मक सोच राखेर काम गर्न मन्त्री मोदीको निर्देशन


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सकारात्मक दृष्टिकोण र सोच राखेर काम गर्न सहसचिवहरुलाई निर्देशन दिएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ४४औँ वरिष्ठ कार्यकारी विकास तालिमको दीक्षित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । 

सकारात्मक दृष्टिकोण र सोच राखेर कार्यसम्पादन गर्दा परिणाम निस्किने बताउँदै मन्त्री मोदीले भने, ‘मुल रुपमा अहिले निजामती कर्मचारीहरुले सकारात्मक सोच र दृष्टिकोण राखेर काम गर्नुपर्ने अवस्था छ ।’ मन्त्री मोदीले प्रविधिको उच्चतम् विकासलाई ख्याल गरेर कार्यसम्पादनमा सुधार गर्न समेत निर्देशन दिए । समयअनुसारको निर्णय र आचरणमा सुधार गर्नुपर्ने पनि मन्त्री मोदीको भनाई थियो ।

व्यक्तिगत स्वार्थबाट मुक्त भएर काम गर्न पनि मन्त्री मोदीले निर्देशन दिए । ‘केही न केही परिवर्तन गर्नैपर्ने छ, तपाईँहरूले पनि नयाँ पुस्ताले सिक्न सक्ने कामहरू गर्न मेरो सुझाव छ, हामीबाट केही न केही सुधार गर्नुपर्ने भएकाले व्यक्तिगत स्वार्थबाट मुक्त भएर काम गर्न म विशेष निर्देशन दिन चाहन्छु,’ उनले भने । 

कर्मचारीहरूमाथि सेवाग्राहीको सकारात्मक दृष्टिकोण नरहेकाले उनीहरूको दृष्टिकोण बदल्ने गरी काम गर्नुपर्ने मन्त्री मोदीको भनाई थियो । ‘कर्मचारीहरूमाथि सेवाग्राहीको आक्रोश मात्रै छ, समयमा काम भएन सरल ढंगमा सेवा प्रवाह भएन, भन्नेजस्ता गुनासाहरू प्रशस्तै सुनिन्छन्, यस्तो किन भइरहेको छ रु यस्ता गुनासाहरू सदाको लागि अन्त्य हुनेगरि कार्यसम्पादन गर्ने जिम्मेवारी तपाइहरुको हो,’ मन्त्री मोदीले भने ।

मन्त्री मोदीले सरुवामा व्यवस्थित प्रणालीको जरुरी भएकाले आफ्नो पालामा व्यवस्थित सरुवा प्रणालीको विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । मुख्यसचिव शंकरदास वैरागीले मुलुक बदलिँदो परिवेशमा रहेको बताउँदै देशभित्र र बाहिरका असल अभ्यासबाट सिकेर काम गर्नुपर्ने बताए । 

सरकारको नीति तथा कार्यक्रमलाई घरदैलोमा पुर्याउने काम कर्मचारीहरूको भएकाले जनतामा खस्किँदो दृष्टिकोणलाई बदल्ने चुनौती रहेको बताए । कार्यकारी निर्देशक डा। राजन खनालले आआफ्नो कार्यक्षेत्रमा अब्बलता सावित गर्न निर्देशन दिए । 

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ५ : २९ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार