सहिद स्मारक ‘ए’ डिभिजन लिग : जावलाखेल युथ क्लब विजयी   « Khabarhub

सहिद स्मारक ‘ए’ डिभिजन लिग : जावलाखेल युथ क्लब विजयी  


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जाउलाखेलले थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी हासिल गरेको हो । जावलाखेलको जितमा विदेशी खेलाडी एन्कोटो मासोबी नायक बने । उनले खेलको १६औँ मिनेटमा गरेको १ गोल नै जाउलाखेलको लागि निर्णायक गोल सावित भयो ।

यस जितसँगै जावलाखेलले पाँच खेलमा दश अंक जोडेको छ । थ्रीस्टारले पाँच खेलमा सात अंक जोडेको छ । यसैगरी सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको अर्को खेलमा चर्च ब्वाइज युनाईटेड क्लब र मछिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै एक एक अंक बाडेका छन् ।

खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यस बराबरी खेलसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अंक जोडेको छ भने मछिन्द्रले ५ खेलमा ५ अंक जोडेको छ ।

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ६ : ४० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको