ग्याँस सिलिण्डरबाट लागेको आगो निभाउने अभ्यास प्रदर्शन « Khabarhub

ग्याँस सिलिण्डरबाट लागेको आगो निभाउने अभ्यास प्रदर्शन


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खोटाङ– शसस्त्र प्रहरीले खोटाङको दिक्तेलबजारमा ग्याँस सिलिण्डरबाट सुरु भएको आगो तथा शरीरमा लागेको आगो निभाउने अभ्यास प्रदर्शन गरेको छ ।

घर–घरमा प्रयोग भइरहेको ग्याँस लिक भएर आगलागीका घट्ना बढिरहेको सन्दर्भमा शसस्त्र प्रहरी बल नेपाल, नम्बर ७ गुल्म हलेसी, खोटाङले दिक्तेलको पुरानो बेस क्याम्पमा आगलागी नियन्त्रण प्रयास सम्वन्धी जनचेतनामुलक अभ्यास प्रदर्शन गरेको हो ।

शसस्त्र प्रहरीले ग्याँस सिलिण्डरबाट बलेको आगोलाई भिजाएको कम्बलले बेरेर निभाउने तरिका प्रदर्शन गरेर देखाएका थिए । दर्शकका रुपमा उपस्थित स्थानीयलाई पनि सिलिण्डरबाट ग्याँस लिक भएर बलिरहेको आगो निभाउने अभ्यास गराइएको शसस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म, हलेसी, खोटाङले दिक्तेलका डिएसपी श्याम रावतले बताए ।

यस्तै, शसस्त्र प्रहरीले आत्मदहको प्रयास गरेका वा अन्य कारणले शरीरमा आगो लागिरहेका अवस्थाका व्यक्तिलाई जोगाउने अभ्यास प्रर्शन गरेर देखाएको छ । जलिरहेको व्यक्तिलाई भिजेको कम्बलले बेरेर भुईमा सुरक्षित रुपमा सुताएर आगो निभाउनेदेखि प्राथमिक उपचार गरेर स्वास्थ्य संस्था लैजाने विधि बारे प्रदर्शन गरिएको छ । आगो निभाउने विधि सम्वन्धी प्रदर्शनलाई स्थानीय एबं विद्यार्थीले अवलोकन गरेका थिए ।

ग्याँस सिलिण्डर लिक हुँदा लाग्ने आगो तथा शरीरमा लागेको आगो निभाउने अभ्यासलाई आगामी दिनमा पनि निरन्तरता दिइने शसस्त्र प्रहरी बलका डिएसपी रावतले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : ३५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको