राष्ट्रपति र भारतीय समकक्षीबीच टेलिफोन वार्ता, पशुपति दर्शन गर्न मुर्मूलाई पौडेलको निम्तो « Khabarhub

राष्ट्रपति र भारतीय समकक्षीबीच टेलिफोन वार्ता, पशुपति दर्शन गर्न मुर्मूलाई पौडेलको निम्तो


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेललाई उनका भारतीय समकक्षी द्रौपदी मुर्मूबीच टेलिफोन संवाद भएको छ । भारतीय राष्ट्रपति मुर्मूले टेलिफोन गरी नेपालको राष्ट्रपतिमा निर्वाचित भएकोमा राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी छिन् ।

टेलिफोन संवादका क्रममा भारतीय राष्ट्रपति मुर्मूले नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो सङ्घर्ष र योगदान पुर्याउने व्यक्ति नेपालको राष्ट्रपतिमा निर्वाचित भएकोमा खुशी व्यक्त गरेको राष्ट्रपति पौडेलका परराष्ट्र सल्लाहकार डा सुरेशचन्द्र चालिसेले जानकारी दिए ।

संवादका क्रममा दुवै राष्ट्रपतिले नेपाल र भारतबीच सदियौँ पुरानो सांस्कृतिक, धार्मिक तथा भौगोलिकरूपले अत्यन्त निकट र प्रगाढ सम्बन्ध भएको उल्लेख गर्दै छिमेकमा समान धारणा राख्दै आगामी दिनमा यो सम्बन्ध अझ सुमधुर र घनिष्ट हुने विश्वास व्यक्त गरेका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेलले उनका भारतीय समकक्षी मुर्मूलाई नेपाल भ्रमण गरी पशुपतिनाथ दर्शन गर्न निमन्त्रणा दिएका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : ५८ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा