वायोग्यास प्लान्ट मर्मत गर्दै कामपा, सञ्चालनका लागि एक साता लाग्ने « Khabarhub

वायोग्यास प्लान्ट मर्मत गर्दै कामपा, सञ्चालनका लागि एक साता लाग्ने


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि मर्मत सुरु गरेको छ । पाँच वर्षसम्म बन्द रहेको प्लान्टको छ दिनदेखि मर्मतको काम भइरहेको छ । मर्मतको काम सक्न अब एक हप्ता लाग्छ । मर्मत कार्य सकिए पनि सञ्चालनमा ल्याइने योजना रहेको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मर्मतको लागि राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय भएर काम भईरहेको छ । प्लान्टको केही भित्रि इन्जिन फेर्न पर्ने भएकाले अहिले उक्त कार्य भइरहेको छ ।

फोहरबाट ऊर्जा उत्पादन गर्ने उद्देश्यले युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको वायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको कामपाले जनाएको छ ।

प्लान्ट सञ्चालनको मुख्य लक्ष्य कुहिने फोहरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहरको दिगो व्यवस्थापनका गर्नु हो । उक्त परियोजनामा युरोपियन युनियनले रु चार करोड ६० लाख र कामपाले रु एक करोड ८२ लाख लगानी गरेका थिए ।

एकीकृत फोहरमैला व्यवस्थापन परियोजनाअन्तर्गत सञ्चालित यस परियोजनाका लागि दैनिक तीन मेट्रिकटन जैविक फोहर आवश्यक पर्छ । उक्त परियोजनामा तीन हजार किलो जैविक मल उत्पादन हुनाको साथै १४ किलोवाट बिजुली र १३ हजार पाँचसय लिटर प्रशोधित पानी उत्पादन गर्ने क्षमता छ ।

विसं २०७० सालदेखि परीक्षणका रूपमा उक्त परियोजना सञ्चालन गरिएको भए पनि २०७४ सालदेखि आधिकारिकरूपमा सञ्चालन गरिएको थियो । केही समयमात्र सञ्चालन भएर दक्षजनशक्ति अभावका कारण पुनः बन्द भएको थियो । प्लान्ट पुनः सञ्चालनमा आएसँगै कामपाले कुहिने फोहर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

कुहीने फोहर व्यवस्थापनकै लागि विभागले कम्पोष्ट मल उत्पादन कार्य पनि सुरु गरेको छ । एक महिनाअघि टेकुबाट मल उत्पादन सुरु गरेको कामपाले अहिले अन्य एक स्थानबाट पनि उक्त कर्य सुरु गरेको छ । परीक्षणका रुपमा गरिएको उक्त काम सफल भए अन्य स्थानमा पनि विस्तार गर्ने योजना कामपाको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ९ : ०६ बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।