छिन्नमस्तालाई ‘सशस्त्र प्रहरी महानिरीक्षक कप’को उपाधि « Khabarhub

छिन्नमस्तालाई ‘सशस्त्र प्रहरी महानिरीक्षक कप’को उपाधि


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – छिन्नमस्ता बाहिनीले ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’को उपाधि जितेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हलचोकमा सञ्चालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’ अन्तर्गत फुटबल खेलको उपाधि सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले जितेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार प्रतियोगिता समापन गर्नुका साथै उत्कृष्ट खेलाडी तथा विजयी टिमलाई ट्रफी, मेडल र पुरस्कार समेत प्रदान गरे ।

प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीलाई १–० गोलको अन्तरले पराजित गरी उपाधि जितेकोे हो । सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिको आयोजनामा सञ्चालित उक्त प्रतियोगिता फागुन २८ गतेदेखि प्रधान कार्यालयको रङ्गशालामा सञ्चालन भएको थियो ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले व्यावसायिक काम, कर्तव्यका साथसाथै नेपाली खेलकुदको विकास, विस्तार र प्रवर्द्धनको क्षेत्रमा आफूलाई क्रियाशील गराउँदै आएको बताउँदै खेलकुदमा हुने स्वच्छ प्रतिस्पर्धाबाट खेलाडीमा अनुशासन, कर्तव्य परायणता एवं सामूहिक भावनासमेतको विकास हुने उल्लेख गरे।

उनले यस्ता प्रतियोगिताले सङ्गठनमा आपसी सहयोग, भाइचारा र बन्धुत्वको भावना विकास हुनुका साथै खेलकुद र फौजी जीवनको अन्योन्याश्रित सम्बन्धले सशस्त्र प्रहरी बलको कार्यक्षेत्रमा क्षमता र शारीरिक स्फूर्ति कायम राखी प्रभावकारी कार्यसम्पादन गर्न सहयोगी भूमिका खेल्ने बताए ।

सशस्त्र प्रहरी बल नेपालले खेलकुदलाई आफ्नो स्थापनाकालदेखि नै महत्त्वका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्साहजनक सहभागिता जनाउँदै आएको उल्लेख गर्दै महानिरीक्षक अर्यालले सङ्गठनमा लुकेर रहेका प्रतिभावान् खेलाडीको उत्पादन र वृत्तिविकासमा निरन्तर लागि रहने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वङ्शीराज दाहालले खेलका उप–विजेता टिम तथा खेलाडी र अफिसियललाई सम्मानपत्र, पदक तथा पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ९ : २८ बजे

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका

चितवनमा तत्काल बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

चितवन– पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ ।

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन