छिन्नमस्तालाई ‘सशस्त्र प्रहरी महानिरीक्षक कप’को उपाधि | Khabarhub Khabarhub

छिन्नमस्तालाई ‘सशस्त्र प्रहरी महानिरीक्षक कप’को उपाधि


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – छिन्नमस्ता बाहिनीले ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’को उपाधि जितेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हलचोकमा सञ्चालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’ अन्तर्गत फुटबल खेलको उपाधि सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले जितेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार प्रतियोगिता समापन गर्नुका साथै उत्कृष्ट खेलाडी तथा विजयी टिमलाई ट्रफी, मेडल र पुरस्कार समेत प्रदान गरे ।

प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीलाई १–० गोलको अन्तरले पराजित गरी उपाधि जितेकोे हो । सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिको आयोजनामा सञ्चालित उक्त प्रतियोगिता फागुन २८ गतेदेखि प्रधान कार्यालयको रङ्गशालामा सञ्चालन भएको थियो ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले व्यावसायिक काम, कर्तव्यका साथसाथै नेपाली खेलकुदको विकास, विस्तार र प्रवर्द्धनको क्षेत्रमा आफूलाई क्रियाशील गराउँदै आएको बताउँदै खेलकुदमा हुने स्वच्छ प्रतिस्पर्धाबाट खेलाडीमा अनुशासन, कर्तव्य परायणता एवं सामूहिक भावनासमेतको विकास हुने उल्लेख गरे।

उनले यस्ता प्रतियोगिताले सङ्गठनमा आपसी सहयोग, भाइचारा र बन्धुत्वको भावना विकास हुनुका साथै खेलकुद र फौजी जीवनको अन्योन्याश्रित सम्बन्धले सशस्त्र प्रहरी बलको कार्यक्षेत्रमा क्षमता र शारीरिक स्फूर्ति कायम राखी प्रभावकारी कार्यसम्पादन गर्न सहयोगी भूमिका खेल्ने बताए ।

सशस्त्र प्रहरी बल नेपालले खेलकुदलाई आफ्नो स्थापनाकालदेखि नै महत्त्वका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्साहजनक सहभागिता जनाउँदै आएको उल्लेख गर्दै महानिरीक्षक अर्यालले सङ्गठनमा लुकेर रहेका प्रतिभावान् खेलाडीको उत्पादन र वृत्तिविकासमा निरन्तर लागि रहने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वङ्शीराज दाहालले खेलका उप–विजेता टिम तथा खेलाडी र अफिसियललाई सम्मानपत्र, पदक तथा पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ९ : २८ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ