भारतको जम्मु कश्मीरमा जापानी चेरी ब्लसमको शैलीमा बगैँचा बन्ने « Khabarhub

भारतको जम्मु कश्मीरमा जापानी चेरी ब्लसमको शैलीमा बगैँचा बन्ने


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको जम्मु कश्मीरमा जापानी चेरी ब्लसमको शैलीमा बगैँचा बन्ने भएको छ । जम्मु कश्मीर सरकारले जापानी साकुराको शैलीमा चेरी ब्लसम बगैँचा स्थापना गर्ने निर्णय गरेको हो ।

चेरी बगँैचाको मोडालिटीलाई अन्तिम रूप दिइएको र यो वर्षको अन्त्यसम्ममा उक्त बगैँचाको निर्माण कार्य पूरा भइसक्ने अपेक्षा गरिएको छ ।

जापानी अधिकारीहरू र भारतको केन्द्रीय विदेश मन्त्रालयसँग पुष्प विभागका अधिकारीहरूले आयोजना गरेको भर्चुअल बैठकका क्रममा श्रीनगरमा बगैँचा निर्माण गर्ने विषयबारे जानकारी दिइएको हो ।

फ्लोरिकल्चर विभागका सचिव शेख फयाज अहमदका अनुसार पहिलो चरणमा करिब २,५०० चेरीका रूखहरू आवश्यक पर्नेछ ।

यसका लागि जापानबाट वृक्षरोपण सामग्रीको खरीद र प्राविधिक निर्देशनहरू प्राप्त हुने बताइएको छ । बगैँचा निर्माणका लागि १० करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ९ : ३३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको