अन्तर्राष्ट्रिय अपराध अदालतद्वारा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय अपराध अदालतद्वारा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालतले पक्राउ पुर्जी जारी गरेको छ। युक्रेनमा युद्ध अपराधका लागि पुटिन जिम्मेवार रहेको भन्दै अन्तर्राष्ट्रिय अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि यस्ता अपराध भएको अदालतको भनाइ छ। साथै अदालतले बालबालिका रुस लैजाने कार्यमा पुटिन संलग्न भएको भन्दै अभियोग लगाएको छ। सो काममा संलग्न अन्यलाई रोक्ने शक्ति हुँदाहुँदै पनि उनले नरोकेको पनि बताइएको छ।

पक्राउ पुर्जी जारी गरे पनि पुटिनलाई पक्रिने शक्ति भने उक्त अदालतलाई छैन। अदालत गठनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका मुलुक मात्र अदालतको क्षेत्राधिकारभित्र पर्छ। तर रुसले उक्त सम्झौतामा हस्ताक्षर गरेको छैन।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ९ : ४६ बजे

बंगलादेशमा बन्दुकधारीद्वारा रोहिङ्ग्या शिक्षक र विद्यार्थीको हत्या

काठमाडौं– बंगलादेशमा बन्दुकधारीहरूले रोहिङ्ग्या शरणार्थी शिविरमा लड्नका लागि म्यान्मा फर्कन

खेलकुदमन्त्री भन्छन् : सक्दो कोसिस गर्‍यौँ, प्रधानमन्त्रीले पहल गर्दा पनि सन्दीपलाई भिसा मिलेन

काठमाडौं – खेलकुदसम्बन्धी सबै संयन्त्र, युवा तथा खेलकुद मन्त्री र

कपिलवस्तु मालपोतका नासु खनालविरुद्ध मुद्दा दायर

काठमाडौं– कपिलवस्तु मालपोतका नायब सुब्बा नरहरि खनालविरुद्ध घुस लिएको आरोपमा

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीलाई काठमाडौं उपत्यका

जब क्याबिनेटमा ब्रिफिङ चलिरहँदा सन्दीपले भिसा नपाएको खबर पुग्यो…

काठमाडौं- यही जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप