न्यायाधीशहरुको कमीले अपेक्षित न्याय सम्पादन हुन सकेन : कामु प्रधानन्यायाधीश कार्की « Khabarhub

न्यायाधीशहरुको कमीले अपेक्षित न्याय सम्पादन हुन सकेन : कामु प्रधानन्यायाधीश कार्की


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीशहरुको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन नसकेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित ‘अभिवक्ताको ३० औं परिक्षामा उत्तीर्ण भएका कानुन व्यवसायीहरुको लागि संचालित पूर्वव्यवसायिक आधारभूत तालिम उद्घाटन समारोह’मा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘ ‘हामी निरन्तर न्यायालय सुधारको काममा लागि रहेका छौं । हामीलाई अहिले मुद्दाले धेरै जितेको छ । न्यायाधीशको संख्या कम छ । हामीले चाहेर पनि नहुने स्थिति भएको छ । उच्च अदालतमा एक चौंथाई न्यायाधीशहरु पूर्ति गर्न सकिएको स्थिति छैन । सर्वोच्च अदालतमा न्यायाधीशको पद रिक्त छ । यो स्थितिमा अहिले हामी हिँडिरहेका छौं ।’

न्यायालय सुधारको काममा लागि परेपनि न्यायाधीशको संख्या कमी भएका कारण त्यस कामले गति लिन नसकेको कायममुकायम प्रधानन्यायाधीश कार्कीको भनाइ थियो । उनले मुद्दा बढ्ने तर न्यायाधीशको संख्या कमी हुने स्थितिबाट अदालत गुज्रनु परे पनि आफूहले न्यायमा ढिलाई हुन नदिने र न्यायको गुणस्तर मर्न नदिने कुरामा सचेत रहेर काम गरिरहेको दावीसमेत गरे ।

उनले भने, ‘न्यायाधीशको कम संख्यामा पनि हामी गुज्रिरहेका छौं । र, मुद्दाको संख्या आज दिनानुदिन बढदै गइरहेको अवस्था छ । तर त्यतिमा अहिले हामीले वास्तवमा अहिले दुईटा कुरालाई । एउटा न्याय ढिला नहोस् भन्ने कुरालाई पनि सजगता अपनाएका छौं । र, न्यायको गुणस्तरीयता नमरोस् भन्ने कुरामा पनि सजगता अपनाएर काम गरिरहेका छौं ।’

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १० : ३० बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)