न्यायाधीशहरुको कमीले अपेक्षित न्याय सम्पादन हुन सकेन : कामु प्रधानन्यायाधीश कार्की | Khabarhub Khabarhub

न्यायाधीशहरुको कमीले अपेक्षित न्याय सम्पादन हुन सकेन : कामु प्रधानन्यायाधीश कार्की


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीशहरुको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन नसकेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित ‘अभिवक्ताको ३० औं परिक्षामा उत्तीर्ण भएका कानुन व्यवसायीहरुको लागि संचालित पूर्वव्यवसायिक आधारभूत तालिम उद्घाटन समारोह’मा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘ ‘हामी निरन्तर न्यायालय सुधारको काममा लागि रहेका छौं । हामीलाई अहिले मुद्दाले धेरै जितेको छ । न्यायाधीशको संख्या कम छ । हामीले चाहेर पनि नहुने स्थिति भएको छ । उच्च अदालतमा एक चौंथाई न्यायाधीशहरु पूर्ति गर्न सकिएको स्थिति छैन । सर्वोच्च अदालतमा न्यायाधीशको पद रिक्त छ । यो स्थितिमा अहिले हामी हिँडिरहेका छौं ।’

न्यायालय सुधारको काममा लागि परेपनि न्यायाधीशको संख्या कमी भएका कारण त्यस कामले गति लिन नसकेको कायममुकायम प्रधानन्यायाधीश कार्कीको भनाइ थियो । उनले मुद्दा बढ्ने तर न्यायाधीशको संख्या कमी हुने स्थितिबाट अदालत गुज्रनु परे पनि आफूहले न्यायमा ढिलाई हुन नदिने र न्यायको गुणस्तर मर्न नदिने कुरामा सचेत रहेर काम गरिरहेको दावीसमेत गरे ।

उनले भने, ‘न्यायाधीशको कम संख्यामा पनि हामी गुज्रिरहेका छौं । र, मुद्दाको संख्या आज दिनानुदिन बढदै गइरहेको अवस्था छ । तर त्यतिमा अहिले हामीले वास्तवमा अहिले दुईटा कुरालाई । एउटा न्याय ढिला नहोस् भन्ने कुरालाई पनि सजगता अपनाएका छौं । र, न्यायको गुणस्तरीयता नमरोस् भन्ने कुरामा पनि सजगता अपनाएर काम गरिरहेका छौं ।’

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १० : ३० बजे

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद