‘२०८० को दशक ज्ञान र प्रज्ञाको दशक होस्’ « Khabarhub

‘२०८० को दशक ज्ञान र प्रज्ञाको दशक होस्’


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वि सं २०७९ हामीबाट बिदा भएर २०८० को आरम्भ भइसकेको छ । ७० को दशकले नेपाली समाजलाई के शिक्षा दिएर गयो र ८० को दशकले नेपाली समाजमा के कस्ता सम्भावना बोकेर आएको छ ? यसै विषयमा आधारित भएर लेखक, विश्लेषक श्री कृष्ण अनिरुद्ध गौतमसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो दशकमा आशालाग्दा घटनाहरू देखिएपनि निराशामा बदलिए, यसो भन्दा तपाईँलाई के लाग्छ ?

म अवलोकन गर्दिनँ, पुनरावलोकन गर्छु । ६० र ७० को दशकमा दुई पटक संविधानसभाको निर्वाचन भयो । पहिलो कुरा, संविधानमाथि नै छल भयो । त्यो समयमा त्यस्ता केही मुद्दाहरू थिए, जुन संविधानले सम्बोधन गर्नुपर्ने थियो । संविधानले प्राकृतिक ढङ्गबाट सबैलाई समेट्दै आउनु पर्ने थियो । तर त्यस्तो केही भएन । यो संविधान भूतदर्शी संविधान हो । हामीले इतिहासलाई गाली गरेर संविधान लेखेको हो ।संविधान जारी गर्दा हतार भयो । नेपाली जनताको लागि नभएर नेताको लागि मात्र संविधान लेखिएको जस्तो भयो ।

सात प्रदेशमा १६ मुख्यमन्त्री, २३० भन्दा धेरै मन्त्री बनिसकेका छन् । संघीय सरकारको अस्थीरता पनि उस्तै छ, यस्तो हुनुमा प्रणाली दोषी कि नेतृत्व ?

योभन्दा अगाडि पनि धेरै वटा सरकार थिए, स्थानीय निकाय थिए । प्रणाली ठिक, पात्र गलत भन्न मिल्दैन । प्रणाली ठिक, पात्र गलत भन्न मिल्दैन । प्रणाली खराब भए सही मान्छे आउनै सक्दैनन् । सही मान्छे बस्नका लागि प्रणाली पनि सही हुनुपर्छ । हाम्रो प्रणालीमा नै त्रुटि छ । निर्वाचनमा विभिन्न विकल्प दिइएको हुन्छ । त्यसमा छान्ने भाग हाम्रो पनि हो, हामी त्यसमा नै चुकेका छौँ, अनि देशको विकास कसरी हुन्छ ? मतादाता नै निष्ठाबाट विचलित भएका छन् ।

जनता अभिभावकविहीनताको अवस्थामा किन बाँच्नु परेको होला ?

त्यो कसले चुनेको सरकार हो त ? त्यो उहाँहरूले नै चुनेको त हो नि । जुन किसिमको निर्वाचन पद्धतिबाट मान्छे चुनिएर आउँछन्, तपाईँले कस्तो खालका मान्छे अपेक्षा गर्नु हुन्छ । कस्तो खालको डेलिभरी खोजेको हो ? नेपालको सबैभन्दा ठूलो समस्या नेता र दलमा सशक्त, जान्ने मान्छे कहिल्यै हुँदैन । राम्रो, सकारात्मक सोच भएको मान्छे राजनीतिमा लाग्न नै चाहँदैन । समस्या ज्ञान उत्पादन तथा ज्ञान दिने व्यक्तिमा नै हो ।

तपाईँलाई २०८० कस्तो दशक भएर आउलाजस्तो लाग्छ ?

यसअघिको दशकमा ज्ञानको अवमूल्यन भयो, विसं २०८० को दशक ज्ञानको, प्रज्ञाको दशक होस् ।

ज्ञानलाई स्विकार्न सक्ने समाजको निर्माण कसरी गर्ने ?

प्रवृत्तिमा परिवर्तन हुनुपर्छ । त्यो उपक्रम प्रारम्भ गरेपछि मात्र विकास हुन्छ । सुधारले तत्काल प्रतिफल दिने होइन, विस्तारमा फल प्राप्त हुने हो । यो भर्‍याङ चढ्दै गएजस्तो हो । भर्‍याङ नै नचढी हामी माथि त पुग्दैनौँ, होइन र ?

प्रस्तुति- कुसुम गौतम

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १ : ३३ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान