'२०८० को दशक ज्ञान र प्रज्ञाको दशक होस्' | Khabarhub Khabarhub

‘२०८० को दशक ज्ञान र प्रज्ञाको दशक होस्’


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वि सं २०७९ हामीबाट बिदा भएर २०८० को आरम्भ भइसकेको छ । ७० को दशकले नेपाली समाजलाई के शिक्षा दिएर गयो र ८० को दशकले नेपाली समाजमा के कस्ता सम्भावना बोकेर आएको छ ? यसै विषयमा आधारित भएर लेखक, विश्लेषक श्री कृष्ण अनिरुद्ध गौतमसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो दशकमा आशालाग्दा घटनाहरू देखिएपनि निराशामा बदलिए, यसो भन्दा तपाईँलाई के लाग्छ ?

म अवलोकन गर्दिनँ, पुनरावलोकन गर्छु । ६० र ७० को दशकमा दुई पटक संविधानसभाको निर्वाचन भयो । पहिलो कुरा, संविधानमाथि नै छल भयो । त्यो समयमा त्यस्ता केही मुद्दाहरू थिए, जुन संविधानले सम्बोधन गर्नुपर्ने थियो । संविधानले प्राकृतिक ढङ्गबाट सबैलाई समेट्दै आउनु पर्ने थियो । तर त्यस्तो केही भएन । यो संविधान भूतदर्शी संविधान हो । हामीले इतिहासलाई गाली गरेर संविधान लेखेको हो ।संविधान जारी गर्दा हतार भयो । नेपाली जनताको लागि नभएर नेताको लागि मात्र संविधान लेखिएको जस्तो भयो ।

सात प्रदेशमा १६ मुख्यमन्त्री, २३० भन्दा धेरै मन्त्री बनिसकेका छन् । संघीय सरकारको अस्थीरता पनि उस्तै छ, यस्तो हुनुमा प्रणाली दोषी कि नेतृत्व ?

योभन्दा अगाडि पनि धेरै वटा सरकार थिए, स्थानीय निकाय थिए । प्रणाली ठिक, पात्र गलत भन्न मिल्दैन । प्रणाली ठिक, पात्र गलत भन्न मिल्दैन । प्रणाली खराब भए सही मान्छे आउनै सक्दैनन् । सही मान्छे बस्नका लागि प्रणाली पनि सही हुनुपर्छ । हाम्रो प्रणालीमा नै त्रुटि छ । निर्वाचनमा विभिन्न विकल्प दिइएको हुन्छ । त्यसमा छान्ने भाग हाम्रो पनि हो, हामी त्यसमा नै चुकेका छौँ, अनि देशको विकास कसरी हुन्छ ? मतादाता नै निष्ठाबाट विचलित भएका छन् ।

जनता अभिभावकविहीनताको अवस्थामा किन बाँच्नु परेको होला ?

त्यो कसले चुनेको सरकार हो त ? त्यो उहाँहरूले नै चुनेको त हो नि । जुन किसिमको निर्वाचन पद्धतिबाट मान्छे चुनिएर आउँछन्, तपाईँले कस्तो खालका मान्छे अपेक्षा गर्नु हुन्छ । कस्तो खालको डेलिभरी खोजेको हो ? नेपालको सबैभन्दा ठूलो समस्या नेता र दलमा सशक्त, जान्ने मान्छे कहिल्यै हुँदैन । राम्रो, सकारात्मक सोच भएको मान्छे राजनीतिमा लाग्न नै चाहँदैन । समस्या ज्ञान उत्पादन तथा ज्ञान दिने व्यक्तिमा नै हो ।

तपाईँलाई २०८० कस्तो दशक भएर आउलाजस्तो लाग्छ ?

यसअघिको दशकमा ज्ञानको अवमूल्यन भयो, विसं २०८० को दशक ज्ञानको, प्रज्ञाको दशक होस् ।

ज्ञानलाई स्विकार्न सक्ने समाजको निर्माण कसरी गर्ने ?

प्रवृत्तिमा परिवर्तन हुनुपर्छ । त्यो उपक्रम प्रारम्भ गरेपछि मात्र विकास हुन्छ । सुधारले तत्काल प्रतिफल दिने होइन, विस्तारमा फल प्राप्त हुने हो । यो भर्‍याङ चढ्दै गएजस्तो हो । भर्‍याङ नै नचढी हामी माथि त पुग्दैनौँ, होइन र ?

प्रस्तुति- कुसुम गौतम

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १ : ३३ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको