पाठेघरको मुखको क्यान्सर र यसको उपचार | Khabarhub Khabarhub

पाठेघरको मुखको क्यान्सर र यसको उपचार


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नेपाललगायत धेरै देशमा पछिल्लो समय महिलामा प्रजनन् समस्या बढ्दै गएको छ। प्रजनन् स्वास्थ्यमा धरै समस्या देखिन्छन्। जसमध्ये धेरै समस्या महिनावारी सुक्ने समयमा देखिने गरेको चिकित्सकले बताएका छन्। त्यो भन्दा धेरै रगत बग्ने समस्याले पनि पछिल्लो समय धेरै महिलालाई सताइएको छ। हाम्रो जस्तो विकासोन्मुख देशमा पाठेघरको मुखको क्यान्सर उत्तिकै मात्रामा बढिरहेको छ। यो धनी राष्ट्रमा घट्दै गएको छ। हाम्रोमा खानपान जीवनशैलीको कारणले पनि बढेको चिकित्सकले बताएका छन्। के कारणले हुन्छ त महिलामा पाठेघरको मुखको क्यान्सर ? यसै विषयमा आधारित रहेर खबरहबका लागि क्यान्सर रोग विशेषज्ञ डा.ऋतु बरालसँग गरिएको कुराकानीको सम्पादित अंश:

पाठेघरको मुखको क्यान्सरलाई कसरी बुझ्ने त ?
ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ। पाठेघरमा भएका असामान्य कोष अनियन्त्रित रूपमा वृद्धि हुँदा पाठेघरको क्यान्सर हुन्छ। साथै धेरै जना पुरुषसँग यौन सम्पर्क राख्ने र सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि धेरै मात्रामा पाठेघरको मुखको क्यान्सर हुनसक्छ।

हाम्रोमा खानपान जीवनशैलीको कारणले पनि बढेको छ। हामीले सुरुको अवस्थामा स्कृलिनिङ टेस्ट गरेर पनि पहिलाको अवस्थामा जाँच गर्न सक्छौँ। पाठेघरको मुखका क्यान्सर हुँदा अरू क्यान्सर जस्तो ढिलो लक्षण देखिने हुँदैन यसको लक्षण छिटो देखिन्छ। जसले गर्दा समयमा नै यसको उपचार गर्न सकियो भने क्यान्सर चाँडो र पूर्णरूपमा निको हुन्छ। समयमा उपचार गर्दा क्यान्सर भयो भनेर निराश हुनुपर्दैन। यदि क्यान्सर नै भएको रहेछ भने पनि उपचार हुन्छ। समस्या नभए रहेनछ है भनेर थाहा हुन्छ।

पाठेघरको मुखको क्यान्सर भएको कसरी थाहा पाउने त ?
अपतालमा आएपछि यो पहिला एमआरआई सिटी स्क्यान गरेर थाहा पाउन सकिन्छ। यो सुविधा अहिले हरेक अस्पतालमा सहजै पाइने भएको कारणले यो रोग धेरै मात्रामा पहिचान भएको छ। अहिलेको हाम्रो जीवनशैली जसमा हामी हुनै पनि पसिना आउने मेहनत गर्ने खालका कामहरू गर्दैनौँ। थोरै बाटोमा पनि हामी यातायातको मद्दत लिन्छौँ। अर्को खानपान जसमा बाहिरका र लामो समय प्याकेटमा राखेको खाना खान्छौँ। घरमा बनाएको खाना खान कम गर्याै र धुलो धुवाले गर्दा पनि धेरै क्यान्सर भएको छ।

के कारणले हुन्छ महिलामा पाठेघरको मुखको क्यान्सर ?
धेरै मात्रामा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारणले हुन्छ। यो धेरै जना मानिससँग यौन सम्पर्क राख्ने महिलाहरूमा पनि धेरै नै हुने गर्दछ। धेरै बच्चा जन्माएका महिलाले पनि विशेष ध्यान नदिँदा पनि यो समस्या भएको छ। पोलिस्टिक ओभरीयन्स धेरै भएको महिलामा पनि पाठेघरको मुखको क्यान्सर हुनसक्छ। गुप्तांगको सरसफाइमा ध्यान दिएन भने र बढी मात्रामा चुरोट, बिडी, खैनी, तमाखु र सूर्तीजन्य पदार्थको सेवन गर्नाले यो समस्या झन् बढ्छ।

पाठेघरको मुखको क्यान्सरका लक्षण के के हुन् ?
– महिलामा सामान्य रूपमा वा कुनै बेला अचानक कोख दुख्ने हुन्छ।
– पिसाब फेर्दा दुख्ने वा पोल्ने हुन्छ।
– महिलाहरूमा तल्लो पेट अत्यधिक पेट दुख्ने, सुन्निने र पेटमा हावा भरिए जस्तो भइ असहज महसुस हुन्छ।
– महिनावारी समयमा नहुने र महिनावारीको बीचमा थोरै रगत जाने हुन्छ।
– अनावश्यक रूपमा शारीरिक तौल थप घट हुन्छ।
– योनीबाट फोहोर पानी बग्ने हुन्छ।
– योनीबाट सेतो पानी बग्ने र घाउ भएको जस्तो हुनेसमेत हुन्छ।
– यौनाङ्ग दुख्ने, धेरै चिलाउने समस्या देखिन्छ।
– यौन सम्पर्कपछि पीडा हुने वा रगत आउने हुन्छ।
–महिनावारी सुकिसकेको महिलाहरूलाई पनि रगत देखिने हुन्छ।

पाठेघरको क्यान्सर रोकथामका लागि के गर्ने ?
– संक्रमण देखिए तुरुन्त उपचार गराउने।
– धूम्रपान नगर्ने।
– ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन ३० वर्ष सम्मकोले लगाउने, त्यो भ्याक्सिनले प्यापिलोमा भाइरसलाई नष्ट गर्दछ।
– युवा अवस्थाका महिलाले असुरक्षित यौन सम्पर्क नराख्ने।
– स्क्लीनिङ टेस्ट गर्दा ३० वर्ष कटेपछि सबै महिलाले डाक्टरलाई मेरो पाठेघरको मुखको पानी जाँच गरिइदिनुहोस् भनेर गराउने।
– दैनिक शारीरिक व्यायाम गर्ने।
– खानपानमा ध्यान दिने, प्राकृतिक भोजन खाने।
– २० वर्षभन्दा कम उमेरमा विवाह नगर्ने।
– धेरै सन्तान नजन्माउने।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ७ : ०९ बजे

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा

सत्तापक्षको अडान : गृहमन्त्रीको राजीनामा नमाग्ने सर्तमा छानबिन समिति बन्छ

काठमाडौं– संसदीय छानबिन समिति बनाएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको

सन्दीपले सफाइ पाउँदा स्वागतसँगै सुनियो विरोधको चर्को स्वर, कसले के भने ?

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा बुधबार

राष्ट्रियसभा बैठक सर्‍यो

काठमाडौं– राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ