उमा अडेलले मुठ्ठी बटारेर आफूमा केन्द्रित गरेकी छिन्। ढुङ्गामा यसलाई बजार्दै उनले आफैलाई जितेको महसुस गरेकी छन्। सडकमा स्याल हिँडी रहेका छन्। ती हरेक स्यालले खरायोको सिकार गरिरहेका छन्। ‘हरेक समय मेरो मुटुको धड्कन बढी रहेको छ। किनकी मलाई कुकुरको आक्रमण छ’, उनले भनिन्, ‘त्यहाँ कुनै बत्तीको प्रकाश छैन। घरहरू बन्द छन्। कसैले उनलाई सहयोग गर्ने अवस्थामा नै छैनन्।’
उनी यमनको राजधानी सानामा बस्छिन्। संयुक्त राष्ट्र सङ्घकै मापदण्ड अनुसार यो सबै भन्दा धेरै खाद्यान्न संकट भएको देश हो। यस देशको दुई तिहाइमा समस्या छ। त्यहाँ यसरी सहयोगको आवश्यकता रहेका दुई करोड १६ लाख रहेको राष्ट्र सङ्घको तथ्यांक छ।
साउदी अरेबिया सहितको शक्तिको सहयोगमा रहेको सरकारी सेना र इरान सहितको सेनाको सहयोगमा विपक्षी हाउथी समूहको सेनाको बीचमा आठ वर्ष युद्ध भएको थियो। यसले राजधानी सानालाई नै सबैभन्दा धेरै प्रभावित पारेको थियो। यसले निम्त्याएको धेरै घटनाले पश्चिमा सहरहरूमा घण्टी नै बजेको या बज्रपात नै भएको जस्तो थियो।
साउदी अरेबिया सहितको शक्तिको सहयोगमा रहेको सरकारी सेना र इरान सहितको सेनाको सहयोगमा विपक्षी हाउथी समूहको सेनाको बीचमा आठ वर्ष युद्ध भएको थियो। यसले राजधानी सानालाई नै सबैभन्दा धेरै प्रभावित पारेको थियो।
उमा अदेल जस्ता थोरै महिला मात्र यस युद्धको समयमा घर भित्र नै बसेको थिए। उनी जस्तै घरभित्रै धेरै समय रमाउने र बाह्य निस्कने प्राय सबै महिला र बच्चाहरू खाद असुरक्षाको सिकार भएका थिए। युद्धबाट बहिर्गमन भएका एक तिहाइ महिला मात्र यसरी खान पाउनेको सूचीमा रहेको संयुक्त राष्ट्र जनसङ्ख्या सङ्घको अनुमान छ।
उमा अडिलको घरमा साना र घिनलाग्दो अनुहार भएका ब्याग छन्। उनी चार सन्तानलाई लिएर फेरि अन्त कतै जानु परे पनि तयार हुने अवस्थामा पोको पन्तरो खाँदखुँद गरेर बसेकी छन्। दाता संस्थाले खाद्यान्न उपलब्ध गराएका छन्। यसरी उपलब्ध गराएका खाद्यान्नमध्ये अदिलले एउटा मास पार्सल पाएकी छिन्। उनको प्रयास भने धेरै पार्सल पाउनमा नै केन्द्रित थियो।
उनले भात दाउरा पाए भात पकाउन सजिलो हुने विचार पनि व्यक्त गरेकी छिन्। धेरै जसो राम्रोसँग नपाकेका खानेकुरा मै भर पर्ने आदत भइसकेको छ। यसै कारण छोरो बिरामी भएको छ। छोरालाई धेरै जसो ऐँठन हुन्छ। उनी औषधि उपचारको जोहो गर्न पनि सकी रहेकी छैनन्।
सानाको जीवन पनि अत्यन्त कठिन छ तर, अडिल पहिला आफू रहेको तीयाजको भन्दा त्यहाँ आफू सुरक्षित भएको महसुस गर्छिन्। “त्यहाँको अवस्था यत्ति धेरै खराब छकी मानिसहरू एकले अर्कोलाई अत्यन्त घृणा गर्छन्,” उनले भनिन्, “मेरा सन्तान परिवारसँग नजिक हुन्छन् भन्ने आसले त्यही बस्न खोजे पनि कसैले मलाई सहयोग गरेन।”
यमनमा निजी स्तरबाट सञ्चालित एनजिओ तथा मानव अधिकारवादी सङ्गठनले सन् २०२१ मा एक करोड भन्दा बढी महिला तथा बाल बालीकालाई खाद्यान्न सहयोग आवश्यक रहेको जनाएको थियो। तीयाजकी मानव अधिकारकर्मी तथा कानुन व्यवसायी मीन सुलतान अल ओबीदी यस युद्धका कारण सबैभन्दा धेरै समस्यामा पर्नेको सङ्ख्या भएको जनाइएको छ। उनको विचारमा पनि युद्धबाट सबैभन्दा धेरै प्रभावित महिला नै हुन्।
यमनमा निजी स्तरबाट सञ्चालित एनजिओ तथा मानव अधिकारवादी सङ्गठनले सन् २०२१ मा एक करोड भन्दा बढी महिला तथा बाल बालीकालाई खाद्यान्न सहयोग आवश्यक रहेको जनाएको थियो।
“धेरै विस्थापित भएका छन्। साथै छाक टार्न गरेका घर मुली गुमाएका छन्। घरको खराब आर्थिक अवस्थाका कारण बाबुहरू कम उमेरमै छोरीको विवाह गरिदिन बाध्य भएका छन्। धेरै महिलाले युद्धमा छोरा, श्रीमान्, दाजुभाइ गुमाएका छन्। क्याम्पमा रहनेका लागि स्वास्थ्य र शिक्षाको राम्रो व्यवस्था छैन।”
उनले बताए अनुसार युद्धको सुरुवाती समयमा नै पानीको लाइन काटिएको थियो। महिलाहरू धेरै पररहेका इनारमा पानी भरेर फर्कने गरेका थिए। टाउकोमा पानी बोकेर आउन उनीहरूलाई साँच्चै कठिन थियो।
त्यसपछि नै ग्यास पनि बन्द भएको थियो। ग्यास बन्द भएकै कारण दाउराको खोजी गर्न धेरै टाढासम्म जानु परेको थियो। दाउरा खोजी रहेको समयमा धेरै ठाउँमा विस्फोट भएको थियो। त्यसै कारण अङ्गभङ्ग भएका उनीहरूका लागि बच्चाको जीवन रक्षा गर्न अझै कठिन बनेको छ। ओबीदी युद्धका कारण व्यक्त गर्नै नसकिने अन्य धेरै पीडाका विषय भएको बताउँछिन्।
२०१४ को अन्त्यता युद्ध सुरु भएपछि भएका विभिन्न विस्फोटमा परी कम्तीमा १ सय ९ महिलाको ज्यान गएको मानव अधिकार उल्लङ्घनका बारे अध्ययन गरी रहेको संस्थाले यो निष्कर्ष निकालेको हो। त्यसो त सरकारले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर गठन गरेको मानव अधिकारवादी संस्थाले काम गरिरहेको छ। तथापि त्यसले ती तथ्यांक निकाल्ने भन्दा बढी काम गर्ने सम्भावना छैन।
सानामा मुजाद कमेलको साना ग्रोसरी छ। उनले त्यहाँ आफ्ना ग्राहकलाई परेको समस्याका बारे पूर्ण जानकारी राखेका छन्। “मानिस गरिब छन्, भोका छन् र निराश छन्,” उनले भने “यातायात, तेल र ग्यास सबैको मूल्य बढेको छ। यसरी बढेको मूल्यका कारण हामीले पनि धेरै मूल्यमा बेच्नु पर्ने बाध्यता आइ लागेको छ। ”
२०१४ को अन्त्यता युद्ध सुरु भएपछि भएका विभिन्न विस्फोटमा परी कम्तीमा १ सय ९ महिलाको ज्यान गएको मानव अधिकार उल्लङ्घनका बारे अध्ययन गरी रहेको संस्थाले यो निष्कर्ष निकालेको हो।
टन्न अघाउने गरी खाना पाउनका लागि यमनीहरुले अहिले धेरै दुःख गर्नु परेको छ। भोकमरी साँच्चै ठूलो समस्या बनेको छ। विश्व खाद्य परियोजनाका अनुसार सन् २०२२ मा सबै भन्दा धेरै काम यमनमा नै भएको थियो। त्यो वर्ष १ करोड ३० लाखले आपत्कालीन समयमा खाद्यान्न पाए या खरिदका लागि नगद नै पाए।
मजीयादकै अनुसार यमनका मानिसहरू फरक शैलीले खाद्यान्न किन्ने गरेका छन्। एक दिनका लागि पूर्ण रूपमा खाद्यान्न खरिद गर्ने सम्पत्ति पनि उनीहरूसँग छैन। उनीहरूले एकदमै आवश्यक भएको कुरा मात्र किन्ने गरेका छन्। यो दैनिक सङ्घर्षका कथाबाट उनी नै सबै भन्दा बढी जानकार छन्।
यसै सङ्घर्षको कथा उम सयेदका पनि छन्। युद्ध सुरु भएदेखि सानामै बसी रहेकी छिन्। उनको आफ्नो घर साउदी अरेबियाको सीमासँगै जोडिएका सादा प्रान्तको रजिनबाट उनी त्यहाँ पुगेकी हुन्। चार छोरा र तीन छोरीसहित त्यहाँबाट जाने क्रममा गरेको सङ्घर्ष उनले बिर्सने गरेकी छैनन्। उनी घर बमले ध्वस्त भएको बताउँछिन्।
गृह युद्धको त्रासदीमा रहेको यमनका लाखौँ जनाको पीडाको प्रतिनिधित्व गर्ने यी पात्र यी केही हुन्। त्यहाँको पीडा त सायद वर्णन गर्न नै कठिन हुने छ।
“हामी हरेक दिन त्रासमा बाँची रहेका थियो। हाम्रो घर र श्रीमानले चलाएको ग्रोसरी पनि ध्वस्त भयो। साना पुग्नु भन्दा अगाडि ज्यान जोगाउनका लागि हामी जङ्गलको गुफामा पनि बसेका थियौ।” त्यो त्रासदीका बीच बाँचेकी उनी साना आएकी छिन्। उनका केही छोरा हाउथीका लागि लडाइँ लडी रहेका छन्। यसको मतलब उनले नाति नातिनीको पनि हेरचाह गर्नु परेको छ।
विवाहका लागि कपडा बिक्री गर्ने सोचसहित उनले केही रकम जम्मा गरेकी छिन्। तथापि उनको स्वास्थ्य नै समस्या बनेको छ। उनले भनेकी छन्, “धेरै रात हामी खाना नै नखाई सुतेका छौं। त्यस समयमा घाँटी दुखेर सास फेर्न नै कठिन भएको थियो।”
गृह युद्धको त्रासदीमा रहेको यमनका लाखौँ जनाको पीडाको प्रतिनिधित्व गर्ने यी पात्र यी केही हुन्। त्यहाँको पीडा त सायद वर्णन गर्न नै कठिन हुने छ। स्रोत : बीबीसी
प्रतिक्रिया