काठमाडौंमा सरकारले अराजकता देखायो | Khabarhub Khabarhub

काठमाडौंमा सरकारले अराजकता देखायो

प्रतिस्पर्धा होइन, मेयरलाई सहयोग गर्नुपर्छ


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

अहिलेको समयमा प्रशासन संयन्त्र र राजनीतिक दलको भूमिका त्यति नमिलेको जस्तो देखिन्छ। एकले अर्कोलाई आरोप लगाउने प्रचलन पुरानो नै हो। हामीले व्यवस्था परिवर्तन गर्यौ र त्यो व्यवस्था परिवर्तन भएर आइरहँदा पनि अहिलेको अवस्थामा खासै अन्तर छैन। पहिलाको भन्दा झन् धेरै जनगुनासो बढ्दै गएका छन्। यो जनगुनासो आउनुका कारण के होलान् ? यी र यस्तै समसामयिक राजनीतिक विषयमा आधारित भएर पूर्व मुख्य सचिव डा. विमल कोइरालासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

अहिलेको देशको अवस्था प्रशासन संयन्त्र र राजनीतिक दलको भूमिकाबारे के छ तपाईंको धारण ?
वि.सं. २०७० को दशको १० वर्षमा ९ वटा सरकार बने। एउटा सरकारको सरदर आयु एक वर्ष। यो भनेको राजनीतिक अस्थिरता हो। धेरै राजनीतिक दलले मिलेर सरकार बनाएका छन्। त्यसो हुँदा सरकारको सम्पूर्ण ध्यान तामेल गर्ने, गठबन्धन जोगाउने र कुर्सी तान्ने मात्र भयो। त्यो कारणले प्रशासन संयन्त्र पनि कमजोर भयो। कर्मचारीलाई सरुवा गराउने आफ्नो मान्छे ठाउँमा पुर्याउने कार्य भयो। त्यो हुँदा गएको वर्ष निराशा ज्यादा र आशा कम भयो। यो वर्ष केही राम्रो होला कि भन्ने छ। अब नेतृत्वले योग्यताको आधारमा प्रशासन संयन्त्र चलाउँछु। जनताको काम गर्छु भनेर लाग्नुपर्छ। बहानामा मुलुक चल्दैन। राजनीतिक दलहरूले कहिले निर्वाचन र कहिले उपनिर्वाचन भनेर लागेको देखिन्छ। जस कारण प्रशासन संयन्त्र पनि कमजोर भएको छ। यो अवस्थामा त सरकार हुनु भन्दा नभएको नै जाति भने जस्तो भइसक्यो। हामीलाई चाहिएको क्रियाशील सरकार हो तर त्यो भएन।

क्रियाशील सरकार किन हुन सकेन, केले रोकेको छ ?
हाम्रो निर्वाचन पद्धति नै त्यस्तै छ। धन, बल र बाहुबलको तरिकाबाट निर्वाचित भएर आउने भए। सक्षम व्यक्ति राजनीतिक कार्यकालमा आउन नै पाएनन्। कमजोर धरातल भएका व्यक्ति मात्र आए। यसले त के सेवा सुविधा दिन सक्छ र !

स्वच्छ राजनीति हुन सकेन, सेवा भन्दा व्यवसाय जस्तो के कारणले भयो ?
मूल सिद्धान्तमा नै विचलन भयो। राजनीतिलाई छिटो लगाउने बालीनाली जस्तो भयो। चाँडै लगाउने र चाँडै लाभ लिने जस्तो भयो। छिटो सत्तामा पुग्ने र धन कमाउने र आफन्त मात्र तान्ने भयो। जस कारण कर्मचारीतन्त्र कमजोर भयो।

सरकारले कहाँ आफ्नो बाटो बिरायो ?
अहिलेको सरकारलाई आफ्नो बाटो र गन्तव्य केही थाहा नै छैन। अहिलेको राजनीति भनेको खहरे खोला जस्तो हो। अहिलेको मूल कुरा जनतामा सरकारप्रति निराशा छ। अब सरकारले जनतालाई विकल्प दिनुपर्छ। जो सक्छ त्यो व्यक्तिलाई नेतृत्वमा लैजानुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले जुन विकल्प पायो पुराना पार्टीको तुलनामा धेरै मत ल्याएर संसदमा चौंथो दलको रूपमा प्रस्तुत भएको छ। दाग त धेरै लागेको छ, एउटाले गरेको गल्तीलाई समग्र पार्टीको गल्ती ठान्नु हुँदैन। रास्वपा विकल्पको लागि आएको हो या होइन भनेर थाहा पाउन उसका एजेन्डाहरू के हुन् ? उसले राम्रो गर्छ कि गर्दैन, थाहा पाउनु पर्छ। कोही नेताहरू कसैको सहयोगी नभए पनि काम गरेको छ। जस्तो काठमाडौंको मेयर धरानको मेयर त्यसैले काम गरेर देखाउनुपर्छ। बोलेर मात्र हुँदैन। काम गरेर देखाउनुपर्छ।

काठमाडौंका मेयर शाहले सरकारलाई दिएको चुनौतीबारे तपाईंको धारणा के छ ?
स्थानीय निकाय र केन्द्रको द्वन्द्व हुन्छ। केन्द्रले स्थानीय निकायलाई पेल्छ। काठमाडौंको जायज प्रश्नमा फोहोर नै उठाउँदिन भन्ने सम्मको प्रश्न आउने बनाउनु नै सरकारको अराजकता हो। उसका एजेन्डा जायज छन् भने सरकारले समर्थन गर्नुपर्छ। मेयरले जनताका काम गर्दा सरकारले प्रतिस्पर्धा गर्ने होइन, सहयोग गर्ने हो।

देश सुधार गर्न प्रशासन संयन्त्रको भूमिका कस्तो रहन्छ ?
उसले बस्ती सफा गर्छु भन्नु खराब होइन। सरकारका दलले काम गर्नुपर्छ। राजनीतिक आग्रहलाई त्यागेर जनता समान छन् भनेर जानुपर्छ। हैन भने जनताको वितृष्णा बढ्छ। त्यो वितृष्णा विद्रोहमा नजाओस्।

२०८० को दशकमा नयाँ पद्धति आउला ?
गठबन्धन मिलाउँदा नै सरकारको समय खर्च भएको छ। बृहत् समझदारी कायम होस्। जनता र मुलुकमा केन्द्रमा राखेर काम गर्नुपर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ९ : ३८ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,