पाँचपोखरीमा प्लास्टिकजन्य फोहर बढ्यो « Khabarhub

पाँचपोखरीमा प्लास्टिकजन्य फोहर बढ्यो


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

 चौतारा– आन्तरिक पर्यटक बढेसँगै सिन्धुपाल्चोकको पर्यटकीयस्थल पाँचपोखरीमा प्लास्टिकजन्य फोहर बढेको छ । पर्यटक वृद्धिसँगै होटल प्रतिस्पर्धामा सञ्चालन हुन थालेपछि प्लास्टिकजन्य फोहर बढ्न थालेको हो । व्यवसायीले भीरको कुनामा फोहर थुपार्न थालेपछि गाउँपालिकाले चेतनामूलक सरसफाइ अभियान गरी फोहर संकलन गरिरहेको गाउँपालिका अध्यक्ष टाँसी लामाह्योल्मोले जानकारी दिए। पोखरी आसपास सफा देखिएको छ ।

 तर व्यवसायीले भीरमा अव्यवस्थितरूपमा फोहर फालिएको उनले बताए। दोबाटो होमस्टेका सञ्चालक मंगले तामाङ होटल बाट निस्किएको फोहोर व्यवस्थित गर्ने ठाँउ नहुँदा भीरमा फोहोर फालेको बताउँछन्।

उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले सरसफाइलाई विशेष ध्यान दिई विभिन्न सङ्घ संस्थासँग समन्वय र सहकार्य गरेको छ । फोहरमैला व्यवस्थापन गर्न चार वटा वडामा संकलन केन्द्र निर्माण गरी काम अगाडि बढाएको ग्रामीण समाज कल्याणका कार्यक्रम संयोजक हर्क तामाङले बताए । 

घरैबाट कुहिने र नकुहिने फोहर छुट्याइ संकलन केन्द्रमा संकलन गरिन्छ । कुहिने फोहरलाई कम्पोस्ट बनाउने प्रविधि सिकाइ पुनः प्रयोग गर्न सकिने फोहरलाई नयाँ सामग्री बनाइ बजारमा बिक्री गरी आयआर्जन गर्ने प्रयास गरिरहेको तामाङको भनाइ छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १२ : १६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया