बलिउड अभिनेत्री क्रिसन दुबईको जेलमा « Khabarhub

बलिउड अभिनेत्री क्रिसन दुबईको जेलमा


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री क्रिसन परेरा लागूऔषध मामलामा यतिबेला दुबईको जेलमा छिन् । ‘सडक २’ र ‘बाटला हाउस’ जस्ता फिल्ममा अभिनय गरेकी उनलाई अरबका प्रहरीले युएईको शारजाह सेन्ट्रल जेलमा राखेका छन् ।

करिब दुई हप्ताअघि प्रहरीले उनलाई लागूऔषधको आरोपमा पक्राउ गरेको थियो । परिवारका अनुसार शारजाह विमानस्थलमा ओर्लानासाथ उनीसँग कसैको सम्पर्क भएको थिएन । त्यसको ७२ घण्टापछि मात्र भारतीय वाणिज्य दूतावासले उनी पक्राउ परेको खबर परिवारलाई दिएको थियो ।

छोरी पक्राउ परेपछि परिवार विक्षिप्त छन् । उनीहरूले छोरीलाई फसाइएको आरोप लगाएका छन् । ‘हामी दुई साता यता मानसिक यातनाबाट गुज्रिरहेका छौँ । मेरो बहिनी निर्दोष छिन् र उनलाई लागूऔषध मामलामा फसाइएको छ । थाहा छैन मानिसहरू उनीबाट के चाहन्छन् । अब के गर्ने भन्ने हामीलाई थाहा पनि छैन’, उनका दाई केविनले भनेका छन् ।

उनकी आमा प्रेमिला परेराले आफ्नो छोरीमाथि रवी नाम गरेका व्यक्तिले ठगी गरेको आरोप लगाएकी छन्। ‘त्यो मान्छेले छोरीको टिमलाई एक वेब सिरिजमा काम गर्नका लागि खबर गरेको थियो । एक दुई वटा मिटिङ पछि ऊ दुबईमा अडिसनका लागि गएकी थिई । त्यसपछि रविले अप्रिल १ मा मुम्बईको अन्तर्राष्ट्रिय विमानस्थलको एक कफी शपमा भेट्न बोलाएको थियो ।

त्यसपछि अडिसनको हिस्सा भनेर एक ट्रफी दिएको थियो । उसले त्यो ट्रफी घरमा ल्याई, जहाँबाट लागूऔषधको गन्ध आइरहेको थियो’, उनले भनेकी छन् ।

क्रिसनको परिवार छोरीलाई जेलबाट छुटाउन जतिसुकै रकम दिन तयार छन् । उनीहरूले दुबईको एक स्थानीय वकिल भाडामा लिएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १ : ४२ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको