सेयर बजारमा २३.६४ अंकको गिरावट « Khabarhub

सेयर बजारमा २३.६४ अंकको गिरावट


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक २३.६४ अंकले ओरालो लागेको हो । योसँगै सूचक १९०८ को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७८ अंकले घटेर ३६२.९६ विन्दुमा पुगेको छ।

यसअघि आइतबारको कारोबारमा भने नेप्से परिसूचक २.८० अंकले ओरालो लागि १९३१.६८ विन्दुमा अडिएको थियो । सोही दिन एक अर्ब ९७ करोड ४५ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कूल २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। 

यसैगरी, नेप्से सुचकमा २३ कम्पनीमा वृद्धि भएको छ । १८८ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा अरुण उपत्यका जलविद्युत विकास कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ७ करोड भन्दाबढि रुपैयाँको कारोबार गरेको छ । यसैगरी शिवम् सिमेन्टको ४ करोड भन्दा बढि कारोबार भएको हो । 

सोमबार सबै उपसूचक कम्पनीहरूमा ओरालो लागेको छ । सोमबार आदर्श लघुवित्त वित्तिय संस्था सिद्धार्थ, कालिन्चोक दर्शन र मैलुङ जलविद्युतको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन्।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ३ : ४४ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो