मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु  | Khabarhub Khabarhub

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु 


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वैशाख– मोरङको उर्लाबारीमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी ४ आइतबारेमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको हो ।

आइतबार बेलुका साढे ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको प्रदेश १-०२-०४७ प १६४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएको पैदलयात्री बराहक्षेत्र नगरपालिका सुनसरीका ५६ वर्षीय लोकबहादुर परियारको मदन भण्डारी ट्रमा सेन्टर मङ्गलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल र चालक सुनसरी इटहरी उपमहानगरपालिका-२ का २२ वर्षीय प्रवीन श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ६ : ५० बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ