सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लब विजयी  « Khabarhub

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लब विजयी 


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ६–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । फ्रेन्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे भने अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र  अखरबेक उक्तामोभले समान एक एक गोल गरे ।

प्रतियोगितामा फ्रेन्ड्सको यो दोस्रो जित हो । फ्रेन्ड्सले ८ अंक जोडेको छ । हिमालयन शेर्पाको ९ अंक छ । त्यसैगरी आजै भएको अर्को थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडबिचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित च्यासल रंगशालामा भएको खेलमा थ्री स्टार र चर्च ब्वाइजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । यस खेलसँगै थ्री स्टार र चर्च ब्वाइज क्लबले ९ खेलबाट समान १५ अंक जोडेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ७ : ३८ बजे

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि