जम्मु कश्मीरको श्रीनगर ‘स्मार्ट सिटी’ बन्दै « Khabarhub

जम्मु कश्मीरको श्रीनगर ‘स्मार्ट सिटी’ बन्दै


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा कुनै समय अत्यन्त अशान्त र हिंसात्मक सहरको पहिचान बनाएको जम्मु कश्मीरको श्रीनगर सहर विस्तारै स्मार्ट सिटीमा परिणत हुन थालेको छ ।

सन् २०१९ मा सरकारले विशेष राज्यको मान्यता खारेज गरेसँगै यस सहरमा ढुङ्गामुढा, बम विष्फोट र हिंसात्मक आक्रमणजस्ता घटनामा कमी आउन थालेका छन् ।

पछिल्लो समय श्रीनगरमा रहेको ऐतिहासिक लालचोक र घण्टाघरलाई नयाँ स्वरुप दिन थालिएको छ । आगामी मे महिनामा हुन लागेको जी २० को बैठकलाई मध्यनजर गर्दै श्रीनगरमा सुन्दरता थप्न दिनरात काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हाल सहरमा ८० भन्दा धेरै विकास परियोजनाको निर्माण कार्य भइरहेको बताइएको छ ।

मुख्य सचिव अरुण कुमारका अनुसार सबै परियोजनाहरू पूरा भएपछि श्रीनगरमा उत्सवको वातावरण हुनेछ । जी २० को बैठकबाट जम्मु कश्मीरको पर्यटन क्षेत्रलाई महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १ : ३५ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२