जम्मु कश्मीरको श्रीनगर ‘स्मार्ट सिटी’ बन्दै « Khabarhub

जम्मु कश्मीरको श्रीनगर ‘स्मार्ट सिटी’ बन्दै


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा कुनै समय अत्यन्त अशान्त र हिंसात्मक सहरको पहिचान बनाएको जम्मु कश्मीरको श्रीनगर सहर विस्तारै स्मार्ट सिटीमा परिणत हुन थालेको छ ।

सन् २०१९ मा सरकारले विशेष राज्यको मान्यता खारेज गरेसँगै यस सहरमा ढुङ्गामुढा, बम विष्फोट र हिंसात्मक आक्रमणजस्ता घटनामा कमी आउन थालेका छन् ।

पछिल्लो समय श्रीनगरमा रहेको ऐतिहासिक लालचोक र घण्टाघरलाई नयाँ स्वरुप दिन थालिएको छ । आगामी मे महिनामा हुन लागेको जी २० को बैठकलाई मध्यनजर गर्दै श्रीनगरमा सुन्दरता थप्न दिनरात काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हाल सहरमा ८० भन्दा धेरै विकास परियोजनाको निर्माण कार्य भइरहेको बताइएको छ ।

मुख्य सचिव अरुण कुमारका अनुसार सबै परियोजनाहरू पूरा भएपछि श्रीनगरमा उत्सवको वातावरण हुनेछ । जी २० को बैठकबाट जम्मु कश्मीरको पर्यटन क्षेत्रलाई महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १ : ३५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार