व्यास नगरपालिकाका कृषकलाई धानको बीउ वितरण « Khabarhub

व्यास नगरपालिकाका कृषकलाई धानको बीउ वितरण


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो रु ५५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो ।

रामधान सत्र, सावित्री चौध र सुक्खाधान तीन क्विन्टलसहित कुल ३४ क्विन्टल धानको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिए । सङ्घीय सरकारको खाद्य बाली उन्नत बीउ प्रयोग मूल्य अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई बीउ वितरण गरिएको हो ।

व्यास नगरपालिका मातहतका १४ मध्ये १२ वडाका कृषकले माग गरेअनुरुप धानको बीउ नवलपुर, चितवन, स्याङ्जालगायत जिल्लाबाट सङ्कलन गरी वितरण गरेको हो । व्यास–२ र ३ बजार क्षेत्रका कृषकले भने धानको बीउ माग नगरेको उनले बताए ।

व्यासका अन्य वडाका कृषकले धानको बीउ माग गरे पनि विशेषगरी १, ५, ६, ७ र ९ वडा धानखेतीका लागि पकेट क्षेत्रका रूपमा परिचित छन् । उन्नत बीउका लागि भनेर मगाइएको धानको बीउ सम्बन्धित वडाको तोकिएका स्रोत केन्द्रबाट कृषकलाई वितरण गर्ने व्यवस्था मिलाइएको अधिकृत बगालेले जनाए ।

कृषकलाई व्यावसायिक खेतीमा उत्साहित गराउन र आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान कार्यक्रमलाई व्यास नगरपालिकाले प्राथामिकता दिँदै आएको छ । प्रशस्त पानीको सुविधा भएका स्थानमा सावित्री, रामधान र आकाशे पानीको भरमा रोपिने सुक्खा ठाउँमा सुक्खा धान लगाउन राम्रो हुने बताइएको छ ।

बीउमा अनुदान दिन थालेपछि कृषक व्यावसायिक खेतीतर्फ उत्साहित भएर लागेका नगरप्रमुख बैकुण्ठ न्यौपानेले । नगरपालिकाले केही समयअघि रामपुर, कम्पोजिट, मनकामना–३, अरुण–२ लगायत जातको सात मेट्रिक टन उन्नत मकैको बीउ समेत ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ८ : १८ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र