ओमानमा राहदानी तथा कन्सुलर सम्बन्धी घुम्ती सेवा हुने  « Khabarhub

ओमानमा राहदानी तथा कन्सुलर सम्बन्धी घुम्ती सेवा हुने 



दोहा – ओमानमा कार्यरत नेपाली श्रमिकहरूलाई मध्यनजर गर्दै राहदानी तथा कन्सुलर सम्बन्धी घुम्ती सेवा हुने भएको छ।

ओमानस्थित नेपाली दूतावासका अनुसार आगामी जुन १६ तारिखमा ओमानको सलालामा राहदानी तथा कन्सुलर सम्बन्धी घुम्ती सेवाको व्यवस्था गरिने जनाएको छ।

राहदानीको लागि मोबाइल किटबाट सलालामा नै लाइभ इनरोलमेन्ट हुनेछ। अतः तुरुन्त राहदानी बनाउन परेको अवस्थामा बाहेक राहदानी बनाउन नेपाली दूतावास मस्कट नआउन त्यहाँ कार्यरत नेपालीहरुलाई दूतावासले अनुरोध छ।

उक्त समयमा एक वर्ष भन्दा कम राहदानीको म्याद भएका सबै सेवाग्राहीहरुले निवेदन दिन सक्ने छन्। विस्तृत जानकारी छिटै उपलब्ध गराइने दूतावासले जारी गरेको सूचनामा भनिएको छ। सलालामा दूतावासका स्वयम् सेवक प्रकाश ढकालसँग ९३२१९१३३ सँग पनि समन्वय गर्न सकिनेछ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ९ : ०४ बजे

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको