डन ३ बाट बाहिरिए शाहरुख खान « Khabarhub

डन ३ बाट बाहिरिए शाहरुख खान


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.6k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता शाहरुख खान बिनाको फिल्म ‘डन’ कस्तो होला ? फिल्म ‘डन’ र ‘डन २’मा प्रमुख भूमिकामा अभिनय गरेका अभिनेता शाहरुख अब ‘डन ३’मा भने नदेखिने भएका छन्।

फिल्म ‘पठान’को सफलतामा रमाइरहेका शाहरुखले ‘डन ३’मा अभिनय नगर्ने भएपछि निर्देशक फरहान अख्तर र एक्सल इन्टरटेनमेन्टले शाहरुखको स्थानमा नयाँ कलाकार खोजिरहेको छ।

फरहान र एक्सनले शाहरुखको स्थानमा रणवीर सिंह वा ऋतिक रोशन कसलाई लिने भनेर छलफल गरिरहेका छन्। फिल्मबाट शाहरुख पछाडि हटेको समाचार सार्वजनिक भएपछि फिल्मका फ्यानले पनि ऋतिक अथवा रणवीर हुनुपर्ने माग गरेका छन्।

कतिपयले रणवीरले चाहिने भन्दा बढी अभिनय गर्ने आरोप लगाएपछि रणवीरभन्दा ऋतिक उपयुक्त रहेको सुझाव दिएका छन्। फिल्मकी अभिनेत्री प्रियंका चोपडाले ऋतिक र रणवीरसँग स्क्रिन शेयर गरिसकेकाले दुई अभिनेतामध्ये कोही एकलाई फरहान र एक्सलले लिने सोच बनाइसकेका छन्।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ११ : ४५ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा