फाइल तस्वीर

ब्रेकिङ स्टोरी

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नाउपाको माग

By खबरहब

May 17, 2023

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको आदेशअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । 

वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति निकालेर लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् । अन्यथा जेठ ६ देखि १० सम्म नेपाल बन्द गर्ने चेतावनी दिइएको छ । 

टीकापुर घटनालाई राजनीति घटनाको रूप लिइनुपर्ने र सोहीअनुसार समाधान खोजिनुपर्ने नागरिक उन्मुक्ति पार्टीले माग गरेको छ ।