सुडानमा मानवीय सहायताका लागि तीन अर्ब डलर आवश्यक : राष्ट्रसङ्घ « Khabarhub

सुडानमा मानवीय सहायताका लागि तीन अर्ब डलर आवश्यक : राष्ट्रसङ्घ


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खार्तुम- द्वन्द्वग्रस्त सुडानमा मानवीय सहायताका कार्यक्रम सञ्चालन गर्न तीन अर्ब अमेरिकी डलरभन्दा बढी रकम आवश्यक भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

युद्धका कारण पलायन भएका झण्डै १० लाख शरणार्थीको भरणपोषणका निम्ति पनि अतिरिक्त रकम आवश्यक भएको भन्दै उक्त विश्व संस्थाले तत्काल सहायता उपलव्ध गराउन तीन अर्ब ३० करोड डलर चाहिएको जनाएको छ ।

गत अप्रिल १५ मा सुडानमा रक्तपातपूर्ण द्वन्द्व शुरु भएपछि सहायताको अपेक्षा गर्नेको सङ्ख्या ह्वात्तै बढेको जनाउँदै राष्ट्रसङ्घले आफ्नो सुडान सहायता योजनामा परिमार्जन गरिएको बताएको छ ।

जेनेभास्थित राष्ट्रसङ्घीय मानवीय सहायता निकायका प्रमुख रमेश राजासिङ्घमले सुडानमा दुई करोड ५० लाख जनसङ्ख्यालाई मानवीय सहायता र संरक्षणको आवश्यकता भएको पत्रकारहरूलाई बताएका छन् ।

सेना प्रमुख अब्देल फताह अल बुर्हान र उनका पूर्वसहयोगी मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच युद्ध चर्केपछि सुडानमा गम्भीर मानवीय सङ्कट भएको छ ।

चिकित्सकहरूका अनुसार करिब एक हजार मानिसले ज्यान गुमाएका छन् भने पाँच हजारभन्दा बढी घाइते भएका छन् । राजधानी खार्तुम र आसपासका क्षेत्रका साथै पश्चिम डार्फरमा अधिक हताहति भएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ३ : ३४ बजे

निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन

शीर्ष नेता कसले कहाँबाट मतदान गर्दैछन् ?

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको निर्वाचन आज हुँदैछ । प्रमुख दलका नेता

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश

जेन-जी विद्रोहले तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत