काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी सेवालाई सस्तो र गुणस्तरीय बनाउँदै सबैको पहुँचमा पुर्याउने सन्दर्भमा सेवा प्रदायक र नियामकले विशेष ध्यान दिनुपर्ने बताएकी छन् ।
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार काठमाडौंमा आयोजना गरेको ‘स्पेक्ट्रम म्यानेजमेन्ट’ सम्मेलनमा उनले सरकार सूचना प्रविधिको पहुँच हुने र नहुनेको दूरी कम गर्न लागिपरेको समेत बताइन् । उनले अझै पनि दूरदराजमा गुणस्तरीय मोबाइल सेवा नपुगेकातर्फ सेवा प्रदायकले सोच्नुपर्ने बताइन् । सूचना प्रविधिमा पहुँच हुने र पहुँच नहुने बीचको खाडल कसरी पुर्ने भन्ने विषयमा मिलेर काम गर्नु जरुरी रहेको मन्त्री शर्माको भनाइ छ ।
उनले सूचना प्रविधिको क्षेत्रमा सरकारका साथै निजी क्षेत्रले पनि लगानी बढाउनुपर्ने, प्रविधिको प्रयोग दिनप्रतिदिन बढ्दै गएको भए पनि यस क्षेत्रसँग सम्बन्धित राजस्व घट्दै गइरहेको विषयमा गम्भीर छलफल हुनुपर्ने बताइन् ।
त्यस्तै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको आर्थिक विकासमा डिजिटल रूपान्तरणले सहयोग पुर्याएको भन्दै दीर्घकालीन पूर्वाधार निर्माणमा अघि बढेको बताइन् ।













प्रतिक्रिया