'चीनमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन' | Khabarhub Khabarhub

‘चीनमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन’


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- धार्मिक स्वतन्त्रतासम्बन्धी एक अमेरिकी प्रतिवेदनमा चीनमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन भएको पाइएको छ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विश्वका सबै देशको गत वर्षको धार्मिक स्वतन्त्रतासम्बन्धी वार्षिक प्रतिवेदनमा चीनले आफ्ना नागरिकलाई धार्मिक स्वतन्त्रता पूर्ण रुपमा उपभोग गर्न नदिएकामा चिन्ता व्यक्त गरिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै विदेशमन्त्री एन्टोनी ब्लिन्केनले संसारका धेरै देश दमनमा उत्रिएका तथा उनीहरूले आफ्ना नागरिकलाई त्रसित तुल्याएका, विश्वका धेरै भागका सरकारले यातना, कुटपिट, गैरकानुनी निगरानी, तथाकथित पुनःशिक्षा शिविरलगायत उपाय गरेर अल्पसङ्ख्यक लक्ष्यित दमनलाई जारी राखेका बताए ।

चीनको सिनजियाङ प्रान्तमा अल्पसङ्ख्यक मुस्लिम उइगुरमाथि दुव्र्यवहार गरिएको, धार्मिक आस्थाविरुद्ध अभियान चलाइएको, उनीहरूको मानवअधिकारको सम्मान एवम् संरक्षण नभएको, सबै धार्मिक गतिविधिलाई चिनियाँ कम्युनिष्ट पार्टीको नियन्त्रणमा ल्याउने प्रयास गरिएको तथा त्यस क्रममा दश हजारभन्दा बढीलाई जेल हालेको आरोप प्रतिवेदनमा लगाइएको छ । यसअघि पनि अमेरिकाले उइघुर मुद्दालाई लिएर चीनको कटु आलोचना गरेको थियो ।

धार्मिक स्वतन्त्रतासम्बन्धी सन् २०२२ को वार्षिक प्रतिवेदनमा उइघुरमाथिको उत्पीडन जारी रहेको, तिब्बती बुद्धधर्मको अभ्यास गर्नेमाथि सरकार असहिष्णु भएको, तिब्बतका केही भिक्षु–भिक्षुणीलाई दुव्र्यवहार गरिएको, केहीलाई लामो समयसम्म हिरासतमा राखिएको आरोप पनि लगाइएको छ ।

अमेरिकी विदेश मन्त्रालयको उक्त प्रतिवेदनको खण्डन गर्दै चीनले सिनजियाङमा आतङ्कवादविरोधी गतिविधि रोक्ने प्रयास भएको बताएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ४ : ०९ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको