एसीसी इमर्जिङ कपमा नेपाल र हङकङ खेल्दै « Khabarhub

एसीसी इमर्जिङ कपमा नेपाल र हङकङ खेल्दै


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा आज नेपालले हङकङसँग खेल्दैछ । खेल नेपाली समयअनुसार विहान पौने ७ बजे सुरु हुँदैछ ।

सेमिफाइनलको यात्राको सम्भावना जिवित राख्न नेपालका लागि यो खेल ठूलो अन्तरले जित्नु पर्ने दबाब छ ।

नेपाल र हङकङबीच तीन डब्लूटि–२० आई खेल भएका छन् । नेपाल एक खेलमा मात्रै विजयी भएको छ । गतवर्ष जुनमा एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित
भएको थियो । पछिल्ला दुबै खेलमा नेपाल हङकङसँग पराजित हुन पुगेको थियो ।

नेपाल २ खेलमा १ मा हार १ खेलमा अंक बाँड्दै तेस्रो स्थानमा छ । भारत र पाकिस्तान भने समान दुई खेलमा एकमा जित र एक खेलमा अंक बाँड्दै ३–३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् ।

हङकङ भने २ खेलमा एक खेलमा हार र एक खेलमा अंक बाँड्दै १ अंकका साथ पुछारमा छ ।

नेपाल सेमिफाइनलमा पुग्न घरेलु टोली हङकङमाथि विशाल जितको आवश्यक पर्दछ । पाकिस्तानलाई नेटरनरेटमा पछिपार्न सक्नुपर्छ । नेपालको नेटरनरेट माइनसमा हुँदा सामान्य जितले भने पर्याप्त हुनेछैन ।

हङकङमाथि फराकिलो जित हात पारेको खण्डमा नेपालको भविष्य भारतको हातमा हुनेछ । भारत र पाकिस्तानबीच आजै दोस्रो खेल हुनेछ । उक्त खेलमा पाकिस्तान पराजित हुँदा नेपाल सेमिफाइनलमा पुग्नसक्छ । नेपाल पराजित भएमा भने स्वत बाहिरिनेछ ।

समूह बी बाट बंगलादेश ४ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । ४ अंक नै भएको श्रीलंका नेटरनरेटको कारण दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ६ : ३३ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो