एसीसी इमर्जिङ कपमा नेपाल र हङकङ खेल्दै | Khabarhub Khabarhub

एसीसी इमर्जिङ कपमा नेपाल र हङकङ खेल्दै


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा आज नेपालले हङकङसँग खेल्दैछ । खेल नेपाली समयअनुसार विहान पौने ७ बजे सुरु हुँदैछ ।

सेमिफाइनलको यात्राको सम्भावना जिवित राख्न नेपालका लागि यो खेल ठूलो अन्तरले जित्नु पर्ने दबाब छ ।

नेपाल र हङकङबीच तीन डब्लूटि–२० आई खेल भएका छन् । नेपाल एक खेलमा मात्रै विजयी भएको छ । गतवर्ष जुनमा एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित
भएको थियो । पछिल्ला दुबै खेलमा नेपाल हङकङसँग पराजित हुन पुगेको थियो ।

नेपाल २ खेलमा १ मा हार १ खेलमा अंक बाँड्दै तेस्रो स्थानमा छ । भारत र पाकिस्तान भने समान दुई खेलमा एकमा जित र एक खेलमा अंक बाँड्दै ३–३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् ।

हङकङ भने २ खेलमा एक खेलमा हार र एक खेलमा अंक बाँड्दै १ अंकका साथ पुछारमा छ ।

नेपाल सेमिफाइनलमा पुग्न घरेलु टोली हङकङमाथि विशाल जितको आवश्यक पर्दछ । पाकिस्तानलाई नेटरनरेटमा पछिपार्न सक्नुपर्छ । नेपालको नेटरनरेट माइनसमा हुँदा सामान्य जितले भने पर्याप्त हुनेछैन ।

हङकङमाथि फराकिलो जित हात पारेको खण्डमा नेपालको भविष्य भारतको हातमा हुनेछ । भारत र पाकिस्तानबीच आजै दोस्रो खेल हुनेछ । उक्त खेलमा पाकिस्तान पराजित हुँदा नेपाल सेमिफाइनलमा पुग्नसक्छ । नेपाल पराजित भएमा भने स्वत बाहिरिनेछ ।

समूह बी बाट बंगलादेश ४ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । ४ अंक नै भएको श्रीलंका नेटरनरेटको कारण दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ६ : ३३ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको