हरेक व्यक्तिसँग सिर्जना गर्ने क्षमता हुन्छ « Khabarhub

हरेक व्यक्तिसँग सिर्जना गर्ने क्षमता हुन्छ

पेशाले साहित्य सिर्जनामा प्रभाव पार्न सक्दैन


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

मानिसलाई सिर्जना गर्न कुनै पेशाले रोक्दैन। अध्ययनको आधारमा मानिसले जुनसुकै पेशा अपनाए पनि सिर्जनात्मकतामा कुनै फरक नपर्ने नेपाल राष्ट्र बैङ्कका निर्देशक राजनविक्रम थापाको भनाइ छ। थापा राष्ट्र बैंकमा काम गर्नुहुन्छ। तर उहाँको साहित्य सिर्जना र साहित्य क्षेत्रमा छुट्टै परिचय छ। राष्ट्र बैंकको जागिरसँगै उहाँले धेरै साहित्यक रचना गरिसक्नु भएको छ। साहित्यकार राजनविक्रम थापासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

अर्थशास्त्रको विद्यार्थी साहित्यतर्फ कसरी लाग्नुभयो ?
साहित्यमा लाग्ने र नलाग्ने भन्ने नै हुँदैन। मान्छे हुर्किने र समाजसँग घुलमिल हुने क्रममा नै साहित्य सिर्जनाको विकास भइरहेको हुन्छ। त्यो सिर्जनात्मक क्षमतालाई कतिपयले उतार्ने र कसैले नउतार्ने गर्नु हुन्छ। मेरो सन्दर्भमा गोर्खा नारेश्वरको विन्ध्यवासिनी माध्यमिक विद्यालयबाट नै साहित्यिक सिर्जना सुरु भयो। मलाई साहित्य सिर्जना गर्दै जाँदा आमा लगायतका चर्चित पुस्तक पढ्ने मौका मिल्यो। यस्ता पुस्तक पढेपछि साहित्य सिर्जनालाई निरन्तरता दिएको हुँ।

पढाइको विषय र साहित्यको विषयको अन्तर कस्तो पाउनु भयो ?
साहित्यलाई हामीले दुई किसिमबाट हेर्नुपर्ने रहेछ। सैद्धान्तिक पक्ष हुन्छन्। नियम र सिद्धान्त धेरै हुन्छन्। सैद्धान्तिक रुपमा साहित्यका विद्यार्थी अलिबढी जानकार हुन्छन्। तर सिर्जना क्षमता साहित्यका विद्यार्थीमा मात्र हुँदैन। हरेक व्यक्तिसँग सिर्जना गर्ने क्षमता हुन्छ। कसैले सिर्जना लेखनको माध्यमबाट अभिव्यक्त गर्नुहुन्छ। कसैले मनभित्रै राख्नु हुन्छ। आफ्नो पेशा पढाइले साहित्यलाई फरक पार्दैन जस्तो लाग्छ। सिर्जनाको क्षमता जो कोहीमा पनि हुने गर्दछ। यसलाई कसैले मनमै सँगाल्छन्। कसैले प्रस्फुटित गर्छन्।

कुर्सी कविता सिर्जना गर्दा कस्तो माहौल थियो ?
नेपालमा संघीयता संस्थागत हुन धेरै समय लागेको थियो। त्यो बेला कुर्सीका लागि धेरै जना दौडमा थिए। कुर्सीका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई समेटेर यो कविता सिर्जना भएको हो।

कुर्सीका लागि किन मान्छेहरू मरिहत्ते गर्छन् ?
हाम्रो मुलुकमा सुशासनको पालनाको अवस्था कस्तो छ भन्ने कुरालाई यसले दर्शाएको छ। अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको सुशासनको स्तर खच्किएको छ। जति हामी सुशासनको तह अभिवृद्धि गर्दै जान्छौँ त्यति नै समस्या समाधान हुँदै जान्छन्।

हिजोको साहित्य र अहिलेको साहित्य किन फरक भयो ?
हिजो एउटा डाइलगले पनि तहल्का हुन्थ्यो। तर अहिले सामाजिक सञ्जाल जिम्मेवार रूपमा अगाडि बढेनन्। एकले अर्कोलाई खुला रूपमा गाली गर्न पाउने त्यसलाई अनुगमन गर्ने निकाय सक्रिय नहुने भएकोले साहित्यको व्याङ्ग्यको असर कम भएको होला। अब सुधार हुनुपर्ने पक्ष भनेको साहित्य नै हो। हामीले साहित्यलाई गाली गलौजबाट टाढा राख्नुपर्छ। साहित्यका विकृतिलाई राज्यले नै नियन्त्रण गर्नुपर्छ।

सिर्जनाले मन छुने कसरी हुन्छ ?
मान्छे भित्र संवेदना हुन्छ। विचार हुन्छ। त्यो चिजलाई सबैले व्यक्त गर्न सक्दैनन्। कसैले साहित्यको माध्यमबाट प्रस्तुत गर्छन्। त्यसलाई अरूले यो त मेरो लागि नै बनाएको रहेछ जस्तो गरेर पढ्छन् वा रुचाउँछन्।

तपाईं सिर्जना कसको लागि कोर्नु हुन्छ ?
विचारमा यो देशको परिवर्तनको लागि लेख्ने हो। तर साहित्यमा स्वच्छन्दवादी भन्न रुचाउँछु। मलाई कुन बेला कुन समवेदनाले छुन्छ त्यसको आधारमा नै लेख्न सक्छु। मैले मान्छे भएर जन्मिएको कारण के हो त्यो पुरा गर्नुपर्छ भनेर लेख्छु।

सिर्जनाको प्रारम्भ र त्यसको विषयको छनोट कसरी गर्नु हुन्छ ?
आख्यान कथा लेख्दा मानिससँगको संवाद र उनीहरूलाई त्यसले कत्तिको प्रभाव पार्छ भन्नेले पनि प्रभाव पार्छ तर कविता गीतहरू लेख्दा अकस्मात् नै सिर्जना हुन्छ। साहित्यको शक्ति भनेको कुन भावमा लेख्ने भन्ने हो।

सिर्जनाका सफलता र असफलता कसरी थाहा पाउने ?
आफूले सिर्जना गर्दा अरूको मन जित्न सकियो भन्ने आधारमा हुन्छ। मान्छेले मैले तपाईंको यो कविता पढेँ भन्नुहुन्छ। त्यो माथि न्याय भएको जस्तो लाग्छ। सिर्जना भनेको यस्तो हुन्छ जसलाई लेख्न समय हुँदैन।

साहित्य क्षेत्र अहिलेको समयमा व्यावसायिकतातर्फ पनि छ र कतिपय आफ्नै भावनामा मात्र लेख्नु हुन्छ। तपाईं कुन कोटीमा पर्नुहुन्छ ?
म मेरो साहित्य सिर्जना कसैले पैसा तिरेर पढ्नुपर्छ भन्नेमा छैन। नेपालमा व्यावसायिकतातर्फ भन्दा पनि देश विदेशमा नेपाली साहित्यलाई पढ्ने अभियान चलाउनुपर्छ। पछिल्लो समयमा मेरो लेखन शैलीमा निखारता आएको जस्तो भएको छ। मैले आँशुको खेती भन्ने कथा लेखेको थिएँ। त्यो प्रतियोगिताको छनोटमा पनि पर्यो। त्यो खुसीको क्षण हो।

साहित्यले बैंकिङ क्षेत्रको कार्यक्षेत्रलाई प्रभाव पार्ला जस्तो लाग्दैन ?
साहित्य भनेको जन्मेर अहिलेसम्मको उसको आचरण प्रवृत्ति भोगाइलाई उतार्ने कला हो। त्यसैले यसले कुनै असर गर्दैन। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ७ : २३ बजे

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री

क्यान्सर औषधि सहज उपलब्ध हुने

काठमाडौं– विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने

आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलि

गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ

काठमाडौं– लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन