ललितपुरमा बस दुर्घटना, १९ जना घाइते | Khabarhub Khabarhub

ललितपुरमा बस दुर्घटना, १९ जना घाइते


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको इमाडोलस्थित बाहुनधारामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आज बिहान लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका–१ बाहुनधारामा दुर्घटना भएको हो ।

प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार सो दुर्घटनामा परी घाइते भएका मध्ये ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा १८ जनाको र नजिकैको किस्ट अस्पतालमा एकजनाको उपचार भइरहेको छ । 

उनका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उक्त बसमा २४ जना यात्रु सवार थिए।

प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेका कारण सो बस अनियन्त्रित भइ बिच सडकमा पल्टिएको थियो। 

ग्वार्को निस्कन लागिरहेको अवस्थामा तिब्र गतिमा गुडेको सो बस ओरालो सडकमा पल्टिए पछि झण्डै २० मिटर जति घिस्रिएको थियो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ८ : २६ बजे

दशैँ सुरु भएसँगै काठमाडौं छाड्नेको भीड (तस्बिरहरू) 

काठमाडौं– हिन्दूहरूको महान पर्व बडादशैँ आजदेखि सुरु भएको छ ।

प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने ६ जना गहनासहित पक्राउ

काठमाडौं – प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने पाँच

पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी– मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

घटस्थापना: दशैँको सुरुवात, के छ विधि ?

काठमाडौं – नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दशैँ

मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन

काठमाडौं – गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकको यातायात सोमबार बिहान