एनआरएनए अमेरिकाको युवा उपाध्यक्षमा अनुप खनालको उम्मेदवारी « Khabarhub

एनआरएनए अमेरिकाको युवा उपाध्यक्षमा अनुप खनालको उम्मेदवारी


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको आगामी कार्यकालका लागि वर्तमान कार्यसमितिका सचिव अनुप खनालले युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले ‘युवाहरूको वृहत सहभागिता, संस्थाको दिगो सफलता’ भन्ने नारासहित उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका  हुन् ।

गैर आवासीय नेपालीका साझा चासो र सरोकारमा ठोस योजना सहित कार्यान्वयन गराउने क्षमता भएका खनालले गैर आवासीय नेपाली संघ अमेरिकालाई थप उचाइमा पुर्याउन आफूले उम्मेदवारी दिएको बताएका छन् । गफ गर्नलाई होइन काम गर्नलाई आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।

वर्तमान कार्यसमितिका सचिव खनालले आफ्नो कामको मुल्याकंन गर्न समस्त अमेरिकावासी नेपालीलाई आग्रह गरेका छन् । नेपाल र नेपाली समुदायको लागि निरन्तर सेवा गर्ने हुटहुटी कायमै रहेको जनाउँदै अबका दिनमा अझ सक्रियता सहित अगाडि बढ्न खोजेको उनको भनाइ छ । 

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १० : ३४ बजे

प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ, श्रीमतीसँग १९० तोला गहना

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।