विद्यालय कर्मचारी परिषदले भोलिदेखि सामुदायिक विद्यालय बन्द गर्ने  | Khabarhub Khabarhub

विद्यालय कर्मचारी परिषदले भोलिदेखि सामुदायिक विद्यालय बन्द गर्ने 


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्यालय कर्मचारी परिषदले सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द गर्ने भएको छ । परिषद्ले भोलिदेखि विद्यालय बन्द गर्न लागेको हो ।

विद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले गत शुक्रबार नै ७७ वटै जिल्ला कार्यसमिति र ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई पत्राचार गरेका थिए।

परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको विभिन्न सेवा सुविधासहित पेशागत स्थायित्वको माग राख्दै केही समय देखी आन्दोलन गर्दै आइरहेको छ । 

आन्दोलनकारी शिक्षकका अनुसार पहिलो र दोस्रो चरणका कार्यक्रमहरू सम्पन्न भइसक्दा समेत आफ्नो मागप्रति सरकार गम्भीर नभएको तथा आन्दोलनका क्रममा उल्टै प्रहरी दमन गरेपछि पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि  सामुदायिक विद्यालय बन्द गराउन लागिएको हो ।

आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको सेवा सुविधाका विषय  सम्बोधन गरे पनि बजेट वक्तव्यमा भने उक्त विषय छुटाए पछि परिषद् आन्दोलनमा उत्रिएको हो ।

 

 

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १२ : ३४ बजे

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने