नवौँ चुरे संरक्षण दिवस विभिन्न कार्यक्रम गरि मनाइयो | Khabarhub Khabarhub

नवौँ चुरे संरक्षण दिवस विभिन्न कार्यक्रम गरि मनाइयो


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवौँ चुरे संरक्षण दिवस विभिन्न कार्यक्रमको आयोजना गरि देशैभरी मनाइएको छ । 

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले शनिवार स्थापनाको अवसरमा नवौँ चुरे संरक्षण दिवस मनाएको हो ।  समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् । सरकारले २०७१ असार २ गते समितिको गठन गरेको थियो । 

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्य लिएको एकमात्र राष्ट्रिय गौरवको आयोजना हो । दिवसका अवसरमा डिभिजन वन कार्यालय उदयपुरको आयोजना तथा डिभिजन वन कार्यालय हडिया सुन्दरपुरको समन्वयमा जिल्लाकै ठुलो नदी त्रियुगा नदिको उकास जग्गा आसपासका क्षेत्रमा वृक्षरोपण गरिएको छ ।

चौदण्डीगढी नगरपालिका १० स्थिति महाभारत सामुदायिक वन उपभोक्ता समितिको हाताभित्रको नदी उकास रहेको २० हेक्टर जग्गामा खयर, अमला र टिक जातको बिरुवा रोपेर दिवस मनाइएको हो । 

दिवस अन्तर्गत नै झन्डै एक हेक्टर जमिनमा खयरको बिउ मैकै रोपेझै रोपिएको छ । पूर्वी नेपालको इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३७ वटा जिल्लामा फैलिएको चुरे कूल भू–भागको १२ दशमवलव ७८ प्रतिशत क्षेत्रमा फैलिएर रहेको छ ।

 

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ३ : ४५ बजे

सञ्जालमा छाडा गीत : न डिलिट गर्न सहज, न कुनै कानुनी उपचार !

दुई दशक अगाडि सपरिवार बसेर टिभी हेर्ने चलन थियो। रेडियो

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– लेदोसहितको पहिरोले बीपी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ

भारतको युवा टेस्ट : ब्याट र बलमा नै सूर्यवंशीको प्रभाव

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा क्रिकेट टोलीको खेलमा लगातार

दाङमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ– दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक