हेटौँडाका जनप्रतिनिधिले बाग्मतीका मुख्यमन्त्री र मन्त्रीहरूलाई बहिष्कार गर्ने « Khabarhub

हेटौँडाका जनप्रतिनिधिले बाग्मतीका मुख्यमन्त्री र मन्त्रीहरूलाई बहिष्कार गर्ने


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– हेटौँडाका जनप्रतिनिधिहरूले बाग्मती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको कार्यक्रम बहिष्कार गर्ने भएका छन्  । 

बागमती प्रदेशको राजधानी रहेको हेटौँडा उपमहानगरपालिकाका लागि बजेट नछुटाएको भन्दै जनप्रतिनिधिहरूले बहिष्कार गर्ने घोषणा गरेका हुन ।  

सो उपमहानगरपालिकाको वडाध्यक्षहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शालिकराम जमकट्टेल र मन्त्रीहरूलाई बहिष्कार गर्ने घोषणा गरेको जानकारी दिए । प्रदेश सरकारले राजधानी हेटौँडाको विकास निर्माणका लागि बजेट विनियोजन नगरेको उनीहरूको आरोप छ । 

प्रदेश सरकारले शुक्रबार ६३ अर्ब ६० करोडको बजेट ल्याएको थियो । सो बजेटमा करिडोरका लागि १५ करोड विनियोजन गरे पनि हेटौँडाको अन्य विकास पूर्वाधारका लागि बजेट नछुटाए पछि उनीहरु विरोधमा उत्रेका हुन । उनीहरूका अनुसार हेटौँडा नगर क्षेत्र भित्र हुने हुने सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री र मन्त्रीहरू सहभागी भए उनीहरूलाई कालो झण्डासमेत देखाउँदै बहिष्कार गरिनेछ । 

हेटौँडा १४ का वडाध्यक्ष दीपक खड्काले राजधानीको विकासका लागि बजेट विनियोजन नगरेको भन्दै आफूहरूले प्रदेशका मन्त्रीहरूलाई सार्वजनिक कार्यक्रममा कालो झण्डा देखाउने र बहिष्कार गर्ने तयारीका साथ अघि बढ्न बाध्य भएको जनाए । उनका अनुसार प्रदेश सरकारको बजेट पूर्वाग्रही ढंगले आएको भन्दै बजेट नसच्चिए कडा रुपमा प्रस्तुत हुनेछन । 

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ४ : ३५ बजे

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर

सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक 

काठमाडौं– सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,