हेटौँडाका जनप्रतिनिधिले बाग्मतीका मुख्यमन्त्री र मन्त्रीहरूलाई बहिष्कार गर्ने | Khabarhub Khabarhub

हेटौँडाका जनप्रतिनिधिले बाग्मतीका मुख्यमन्त्री र मन्त्रीहरूलाई बहिष्कार गर्ने


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– हेटौँडाका जनप्रतिनिधिहरूले बाग्मती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको कार्यक्रम बहिष्कार गर्ने भएका छन्  । 

बागमती प्रदेशको राजधानी रहेको हेटौँडा उपमहानगरपालिकाका लागि बजेट नछुटाएको भन्दै जनप्रतिनिधिहरूले बहिष्कार गर्ने घोषणा गरेका हुन ।  

सो उपमहानगरपालिकाको वडाध्यक्षहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शालिकराम जमकट्टेल र मन्त्रीहरूलाई बहिष्कार गर्ने घोषणा गरेको जानकारी दिए । प्रदेश सरकारले राजधानी हेटौँडाको विकास निर्माणका लागि बजेट विनियोजन नगरेको उनीहरूको आरोप छ । 

प्रदेश सरकारले शुक्रबार ६३ अर्ब ६० करोडको बजेट ल्याएको थियो । सो बजेटमा करिडोरका लागि १५ करोड विनियोजन गरे पनि हेटौँडाको अन्य विकास पूर्वाधारका लागि बजेट नछुटाए पछि उनीहरु विरोधमा उत्रेका हुन । उनीहरूका अनुसार हेटौँडा नगर क्षेत्र भित्र हुने हुने सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री र मन्त्रीहरू सहभागी भए उनीहरूलाई कालो झण्डासमेत देखाउँदै बहिष्कार गरिनेछ । 

हेटौँडा १४ का वडाध्यक्ष दीपक खड्काले राजधानीको विकासका लागि बजेट विनियोजन नगरेको भन्दै आफूहरूले प्रदेशका मन्त्रीहरूलाई सार्वजनिक कार्यक्रममा कालो झण्डा देखाउने र बहिष्कार गर्ने तयारीका साथ अघि बढ्न बाध्य भएको जनाए । उनका अनुसार प्रदेश सरकारको बजेट पूर्वाग्रही ढंगले आएको भन्दै बजेट नसच्चिए कडा रुपमा प्रस्तुत हुनेछन । 

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ४ : ३५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग