७० वर्षे उमेरहदका कारण प्रगति गर्न अफ्ठ्यारो पर्‍यो, हटायौँ : अध्यक्ष ओली « Khabarhub

७० वर्षे उमेरहदका कारण प्रगति गर्न अफ्ठ्यारो पर्‍यो, हटायौँ : अध्यक्ष ओली


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा ७० वर्षको उमेरहद उपयुक्त नभएको र यसका कारण प्रगति गर्न पनि अफ्ठ्यारो भएको बताएका छन् ।

शनिबार ललितपुरमा अखिल नेपाल महिला संघ बागमती प्रदेश सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष ओलीले संसारमा कहिँ नभएको ७० वर्षे प्रावधानले पार्टीलाई नै अघि बढाउन समस्या भएको र उपयुक्त नभएकाले हटाउने निर्णय गर्नुपरेको बताएका हुन् ।

उनले ७० वर्षको उमेरहदका विषयमा असन्तुष्टि जनाउनु राजनीतिक विषय नभएको भन्दै पार्टी नेतृत्वमा आउन मन लागे आगामी महाधिवशेनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव लगाएतका पदमा चुनाव लड्न पार्टी नेताहरुलाइ सुझाव दिए ।

ओलीले ७० वर्षको उमेरहदका कारण धेरै नेताहरु हच्किएको र राजनीति नै छोडनुपर्ने स्थिति देखा परेको जिकिर गरे । एमालेलाई एकताबद्ध गर्न र एमालेमा प्रवेश गर्न चाहनेहरुलाई बाटो खुल्ला गर्न पनि उमेरहदलाई हटाउनै पर्ने देखिएको उनको भनाइ छ ।

ओलीले अनावश्यक विषयमा नअल्झन पार्टीका नेताहरुलाई आग्रह गर्दै देश बनाउने काममा एमालेलाई बलियो बनाउनका लागि एकजुट हुन सुझाव दिए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ६ : १२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको