राजनीतिमा जुकाजस्तो टाँसिने प्रवृतिमा परिवर्तन आउनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की « Khabarhub

राजनीतिमा जुकाजस्तो टाँसिने प्रवृतिमा परिवर्तन आउनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिज्ञमा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताएकी छिन् ।

शनिबार काठमाडौंमा दिपेश घिमिरेद्वारा लिखित पुस्तक शासन र शासक, नेपाली दुखका विविध आयाम पुस्तक लोकार्पण गर्दै कार्कीले राजनीतिज्ञ भएर जीवनभर पुग्नेगरी कमाएर बस्ने प्रवृतिभन्दा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताएकी हुन् ।

राजनीतिमा गएर जुका जस्तो टाँसिएर तीन पुस्ता, चार पुस्तालाइ पुग्ने प्रवृतिमा परिवर्तन आउनुपर्ने उनको भनाइ छ । उनले गरिब जनताले सिटामोलसमेत खान नपाउने अवस्था हुँदा सांसद पद पाएपछि लाखौं दिइरहनुपर्ने प्रवृति पनि समाप्त हुनुपर्ने जिकिर गरिन् ।

उनले भ्रष्टाचारमा लिप्त भएकाहरुलाई पाखा लगाएर युवाहरुलाई हरेक क्षेत्रमा अवसर दिनुपर्नेमा जोड दिइन् ।

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा उपयुक्त लगानीको वातावरण नरहेको र त्यसलाई सुधार्न आवश्यक रहेको धारणा राखे । उनले भ्रष्टाचारविरुद्ध सरकारको अभियान सकारात्मक रहेको भन्दै यसलाई सशक्त रुपमा अघि बढाउनुपर्ने बताए ।

उनले संघीयतासँगै भ्रष्टाचार विकेन्द्रीकरण हुने सम्भावनामा सजक रहनुपर्ने उल्लेख गरे । सदनमा भ्रष्टाचार र अनियमिताका बारेमा आवाज उठाउँदा डराउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

उनले भ्रष्टाचारका विषयमा सांसदले संसदमा आफ्नो पार्टी भन्दा पनि माथि उठेर बोल्न पाउनुपर्ने बताए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ६ : ४० बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२