साउदी विदेशमन्त्री राजकुमार बिन फरहान इरानमा « Khabarhub

साउदी विदेशमन्त्री राजकुमार बिन फरहान इरानमा


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तेहरान- साउदी अरबका विदेशमन्त्री राजकुमार फैजल बिन फरहान इरानको पहिलो भ्रमणका क्रममा शनिबार तेहरान पुगेका छन् ।

इरानी सञ्चारमाध्यमका अनुसार भ्रमणका क्रममा उनले इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहलगायत इरानी अधिकारीसँग पत्रकार सम्मेलनअघि भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।

राजकुमार फैसलको विदेशमन्त्रीका रूपमा पहिलो पटक इरानको भ्रमण गरेका हुन् । यस क्रममा उनले इरानका राष्ट्रपति इब्राहिम रायसीसँग भेटवार्ता गर्ने योजना रहेको साउदी सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१६ मा रियादले शिया धर्मगुरु निम्र अल–निम्रलाई मृत्युदण्ड दिएको विरोधमा भएको प्रदर्शनका क्रममा तेहरानस्थित दूतावास र उत्तरपश्चिमी शहर मशादस्थित वाणिज्य दूतावासमा आक्रमण भएपछि सुन्नी मुस्लिम शक्ति साउदी अरबले शिया नेतृत्वको इरानसँग सम्बन्ध विच्छेद गरेको थियो ।

तर, गत मार्चमा दुई देशबीच सम्बन्ध सुधार्न र आ–आफ्ना दूतावास खोल्न चिनियाँ मध्यस्थतामा भएको सम्झौताले क्षेत्रीय सम्बन्धलाई परिवर्तन गरेको थियो ।

इरानी सरकारका प्रवक्ता अली बहादोरी जाहरोमीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार राजकुमार फैसलले भ्रमणका क्रममा तेहरानस्थित साउदी कुटनीतिक नियोग पुनः खोल्नका लागि केही कदम चाल्ने अपेक्षा गरिएको छ ।

गत जुन ६ मा इस्लामिक गणतन्त्र लेबनानले साउदी अरबमा रहेको आफ्नो दूतावास र वाणिज्य दूतावास पुनः खोलेको थियो ।

साउदी दूतावासले तेहरानको एक होटलमा पुनः स्थापना गर्ने र त्यसपछि इरानी राजधानीमा आफ्नो स्थायी स्थानलाई सञ्चालन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ७ : २३ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख