ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते « Khabarhub

ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

दैलेख – पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१ खर्चे चौरमा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ठाटीकाँध गाउँपालिका–१ नुवावनका १७ वर्षीय महेन्द्र शाही, २० वर्षीय कृष्ण जोशी, तपेन्द्र थापा, ३२ वर्षीय नगेन्द्र शाही र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ का ११ वर्षीय शङ्कर मगर घाइते भएका छन् ।

घाइते हुनेहरूमा मगर बाहेक चार जना एउटै गाउँका हुन् । शनिबार स्थानीय देवलगत आधारभूत विद्यालय नुवावन भवनको प्लास्टर निर्माणको लागि बालुवा लिई आउँदै गरेको लु ४ त ८३७५ नम्बरको ट्याक्टर अनियन्त्रित भई रोडबाट कबिर २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि दुल्लु अस्पताल हुँदै प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको प्रहरीको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ८ : २५ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६