समाजवादी मोर्चा निर्माणको अन्तिम चरणमा छौँ : माधव नेपाल « Khabarhub

समाजवादी मोर्चा निर्माणको अन्तिम चरणमा छौँ : माधव नेपाल


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समानतासहितको स्वतन्त्रता आजको आवश्यकता भएको बताएका छन् ।

रौतहट–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिपछि पनि समाजमा अझै पनि आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिकलगायतका विभेदको कायम रहेको भन्दै यसको अन्त्यका लागि सबै एकताबद्ध हुनुपर्ने बताए ।

नेपाली कम्युनिष्ट आन्दोलनमा देखापरेको विकृति आत्मकेन्द्रित व्यक्तिवाद भएको बताउँदै उनले संविधान र लोकतन्त्रको रक्षाका निम्ति विद्रोह गरी नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा, पुनर्गठन, विकास र रूपान्तरणका लागि आफूहरू समाजवादी मोर्चा निर्माणको अन्तिम चरणमा जुटेको बताए ।

अध्यक्ष नेपालले नागरिकका राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका निम्ति पनि बोल्नुपर्छ भन्ने उद्देश्यले माक्र्सवादको उदय भएको भन्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई त्यस्ता क्षेत्रमा क्रियाशील हुन निर्देशन दिए ।

सामाजिक एकता र आदर्श समाज निर्माणका लागि कम्युनिष्ट सिद्धान्तले पथप्रदर्शन गरेको बताउँदै उनले मानव कल्याणका लागि सामाजिक न्याय, समानताका साथै भातृत्वको खाँचो औँल्याए । सो अवसरमा रौतहट–काठमाडौँ सम्पर्क मञ्चका नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ८ : ३५ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी