समाजवादी मोर्चा निर्माणको अन्तिम चरणमा छौँ : माधव नेपाल « Khabarhub

समाजवादी मोर्चा निर्माणको अन्तिम चरणमा छौँ : माधव नेपाल


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समानतासहितको स्वतन्त्रता आजको आवश्यकता भएको बताएका छन् ।

रौतहट–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिपछि पनि समाजमा अझै पनि आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिकलगायतका विभेदको कायम रहेको भन्दै यसको अन्त्यका लागि सबै एकताबद्ध हुनुपर्ने बताए ।

नेपाली कम्युनिष्ट आन्दोलनमा देखापरेको विकृति आत्मकेन्द्रित व्यक्तिवाद भएको बताउँदै उनले संविधान र लोकतन्त्रको रक्षाका निम्ति विद्रोह गरी नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा, पुनर्गठन, विकास र रूपान्तरणका लागि आफूहरू समाजवादी मोर्चा निर्माणको अन्तिम चरणमा जुटेको बताए ।

अध्यक्ष नेपालले नागरिकका राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका निम्ति पनि बोल्नुपर्छ भन्ने उद्देश्यले माक्र्सवादको उदय भएको भन्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई त्यस्ता क्षेत्रमा क्रियाशील हुन निर्देशन दिए ।

सामाजिक एकता र आदर्श समाज निर्माणका लागि कम्युनिष्ट सिद्धान्तले पथप्रदर्शन गरेको बताउँदै उनले मानव कल्याणका लागि सामाजिक न्याय, समानताका साथै भातृत्वको खाँचो औँल्याए । सो अवसरमा रौतहट–काठमाडौँ सम्पर्क मञ्चका नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ८ : ३५ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा